बहस

टाक्सिएकै हो त आधुनिक कविता ?

शनिबार, ३२ जेठ २०७६, ०९ : ०३ विमल भौकाजी

‘शारदा’को केही वर्षअघिको एउटा अंकमा प्रदीप गिरिले ‘टाक्सिएको आधुनिक कविता’ शीर्षकमा एउटा आलेख लेख्नुभएको छ। ‘टाक्सिनु’ मौलिक नेपाली शब्द हो, जुन हिजोआज प्रचलनमा आउन छाडिसकेको छ। स्मरणका लागि यहाँ भन्नै पर्ने हुन्छ। नेपाली शब्दकोषका अनुसार ‘टाक्सिनु’को अर्थ हो ‘ख्याउटे हुनु, फस्टाउन नसक्नु, सग्लाउन नसक्नु’। अर्थात् चिन्ता र पीरले ‘दुब्लाउनु’।

उपर्युक्त अर्थमा गिरिले भन्नुभएको टाक्सिएको आधुनिक कविता मूलतः नेपाली कविताप्रति सम्बोधित छ। र, यसमा नेपाली कविहरूमाथि व्यंग्य पनि मिसिएको छ– कुन त्यस्तो चिन्ता र पीर छ नेपाली कविहरूलाई जसको कारण कविता टाक्सिएको छ ?

– विदेशी कविताबाट सर्लक्कै प्रभावित भएर हो कि ?
– कतै कविता दुर्बोध्य लेखिएर पो हो कि ?
– अथवा लेखन–क्षमताकै अभाव भएर त होइन ?

‘...पाश्चात्य संस्कृति र परम्पराका जानकारका निमित्त पनि टी.एस. इलियट र इज्रा पाउण्डका कविता बुझ्न साँच्चै नै गाह्रो छ। अझ औपनिवेशिक देशका हामी अंग्रेजी बुझिटोपल्ने बुद्धिजीवीहरूको त कुरै भएन। दुर्भाग्यवश दक्षिण एसियाका अधिकांश आधुनिक र समसायिक कविहरूले यसै दुरुह–परम्परालाई आफ्नो आदर्श सम्झिए। हामी पनि त्यस तथाकथित आदर्शको अभिशापबाट पीडित छौँ। खास गरेर २०१७ पुस १ गतेपछि विशेष चर्चामा आएका कविगण यथा मोहन कोइराला, मदन रेग्मी, कुष्णभक्त श्रेष्ठ, द्वारिका श्रेष्ठ, वैरागी काइँला, तुलसी दिवसदेखि लिएर आजसम्मका अनेकानेक कवि र कविगण त्यसबाट मुक्त छैनन्।’

उहाँ अगाडि लेख्नुहुन्छ– ‘प्रत्येक कला एउटा विशिष्ट माध्यमबाट अभिव्यक्त र संप्रेषित हुन्छ। कविताका हकमा भाषाको माध्यम नै महत्वपूर्ण पक्ष हो। त्यसैले कवितामा देखिएका नयाँ व्यञ्जना र प्रयोगलाई भाषा र साहित्यको परम्परामा राखेर नै त्यसको परख गर्नुपर्छ। आधुनिक नेपाली कविताले विदेशी प्रभाव ग्रहण गर्नु आपूmमा स्वयम् नराम्रो कुरा हुन सक्दैन...। प्रभाव ग्रहण गर्ने व्यक्तिले आफ्ना मेधाका आधारमा त्यस विजातीय संस्कारलाई कसरी उपयोग गर्छ, त्यो नै अहं कुरो हो। मौलिक उपयोग भयो भने त्यसले साहित्यलाई झन् समृद्ध बनाउँछ। कुरो क्षमताको हो। एउटा विछट्टको मेधावी व्यक्तिले त्यस्ता प्रभावलाई पचाएर आफ्ना साहित्यका कायाकल्पसम्म उपयोग गर्न सक्छ। तर, त्यो विजातीय प्रभाव कहिलेकाहीँ बेमेल र बेसोमतसमेत हुन सक्छ। नेपालीमा यस्तै भयो भन्ने गुनासो मात्र हो।’

गिरिको आक्षेप छ, ‘अझ भन्ने हो भने विदेशी प्रभावमा परेर आफ्नो भाषाको शैली र परम्परा बिर्सनु नै आजसम्म ‘टाक्सिएको’ नेपाली कविताको मुख्य रोग हो।’

के, वास्तवमै टाक्सिएकै हो त नेपाली आधुनिक कविता ?
गिरिको उक्त आलेखमा त्यसबेला नेपाली कवितामा वा गद्यमै समेत ‘सिंगो संसार’ प्रतिविम्बित भएको बेला नेपाल र नेपालीको स्वर मत्थर हुँदै गएको देखिन्छ भन्ने पाइन्छ। आखिर यस्तो किन देखियो तत्कालीन कवितामा ? अघिल्लो पुस्ताकाले यो प्रश्नको जवाफ दिन सायद अबका दिनमा सम्भव छैन। बडो कठोरतापूर्वक भन्नै पर्ने हुन्छ– पुराना कविहरूमा एकादुई छाडेर अधिकांशमा कविता–ऊर्जाको क्षमता शिथिल भइसकेको छ। जहाँसम्म समसामयिक साहित्य र मूलतः आजको पुस्ताका कविहरूको सन्दर्भ छ, तीसमक्ष भने यो प्रश्न राख्न आवश्यक छ। त्यो यसकारण आवश्यक छ कि आजको पुस्ताका स्वनामधन्य कविहरूका कविताले पनि त्यतिबिघ्न जीवनको पूर्णता बोक्न नसकेको विषयमा चर्चा/परिचर्चा र बहसहरू भइराख्ने गरेका छन्। आज पनि बारम्बार कविहरूले यही आरोप खेप्नु परिरहेको छ।

यहीँनिर, अघिल्लो पुस्तामा देखिएको भनिएको निजत्व वा मौलिकताको खडेरीपन भने यहाँसम्म आइपुग्दा निकै उर्वरिलो बनिसकेको यथार्थबाट कविताका पारखी अनभिज्ञ छैनन्। नेपाली कविताको क्षेत्रमा यो खुसी र गौरवको विषय हो। साथै आजको कवितामाथि दुर्वोध्यताको प्रश्न पनि खासै उठाइरहनुपर्ने स्थितिबाट नेपाली कविताले केही नगण्य अपवाद छाडेर करीबकरीब मुक्ति पाइसकेको अवस्था छ। तथापि, समसामयिकताको उठान गर्नु मात्रै नै आजको कविताको मूल विषय बन्ने गरेको तथ्य भने कसैबाट छिपेको छैन। यस अर्थमा, जीवनको पूर्णता यी कवितामा नपाइनु स्वाभाविक हो। यही दृष्टिकोणबाट हेर्दा फेरि प्रश्न जीवित रहन्छ– के आजका कविता टाक्सिएको छैन भनेर कसरी भन्न सकिन्छ ?

हामी राजनीतिक पार्टीको नेताको हातबाट रातो टीका थापेर पार्टी–प्रवेश गर्छौं र प्रज्ञाप्रतिष्ठानको सदस्य बन्छौँ। कुनै पनि स्वाभिमानी लेखकका लागि योभन्दा लज्जास्पद र हीनताबोधको कुरो अर्को के होला ? अब यस्तो स्थितिमा कसैले भनिदेओस्– राजनीतिक पार्टीको जुठो नुन खाएका जुनसुकै विधाका÷उमेरका कथित लेखकले के–कस्तो साहित्य सिर्जना गर्ला ?

विशेषतः ०३६ को सडक कविता क्रान्तिपछि र त्यसभन्दा पछाडि ०४६ को जनआन्दोलनपछि, अझ त्यसभन्दा पनि पछि ०६१/०६२ को द्वन्द्वसँगै मुखरित भएको वाक् स्वतन्त्रताको भरपूर प्रयोग गर्दै स्वच्छन्द कविताहरू लेखिन लागे। विडम्बना ! स्वतन्त्रता पनि अभिशाप बन्न सक्छ कि भन्ने आशंका रहँदो रहेछ। अलिक गहिरिएर हेर्ने हो भने प्रष्ट हुन्छ– यही स्वतन्त्रताका कारण विभाजित राजनीतिक चक्रव्युहमा आज अधिकांश नेपाली मानस फस्न पुगेको छ। समाजसँग जोडिएका प्रत्येक कार्यकलाप आज राजनीतिबाट मुक्त छैनन्, यो जगजाहेर छ। यसमा साहित्य–कर्म मात्र के अछुतो रहन्थ्यो !

यही राजनीतिका कारण नेपाली साहित्य आज समूह–समूहमा, वर्ग–वर्गमा, जात–जातमा, खेमा–खेमामा विभक्त छ।
व्यक्तिव्यक्तिको साहित्यिक संस्था छ र त्यो संस्था कुनै न कुनै कथित माउ पार्टीसँग सम्बन्धित छ। एक अर्थमा, प्रायः लेखकहरू राजनीतिक पार्टीबाट चलायमान रहेको तथ्य तस्बिरभैmँ छर्लंग छ। वास्तवमै जग हाँस्छन् हामी नेपाली लेखकको राजनीतिक–पिछलग्गुता देखेर÷सुनेर।

देखेनौँ र ! हामी राजनीतिक पार्टीको नेताको हातबाट रातो टीका थापेर पार्टी–प्रवेश गर्छौं र प्रज्ञाप्रतिष्ठानको सदस्य बन्छौँ। कुनै पनि स्वाभिमानी लेखकका लागि योभन्दा लज्जास्पद र हीनताबोधको कुरो अर्को के होला ? अब यस्तो स्थितिमा कसैले भनिदेओस्–राजनीतिक पार्टीको जुठो नुन खाएका जुनसुकै विधाका÷उमेरका कथित लेखकले के–कस्तो साहित्य सिर्जना गर्ला ? उसको कलमबाट कस्तो किसिमको कविताको आश गर्न सकिएला ?

अन्तमा, प्रदीप गिरिकै शब्दमा, ‘प्रत्येक स्रष्टाको कर्म मूलतः उसको आत्मन्वेषणको अभियान हुन्छ अथवा हुनै पर्छ...। अन्ततः प्रत्येक संवेदनशील मनुष्यले आफ्ना अस्मिता र नियतिका बारे पनि ढिलो–चाँडो प्रश्न गर्छ। सबै किसिमको कलाको उत्पत्ति यस्तै मुहानबाट हुन्छ भन्दा अन्यथा नहोला। कविता यस्तै एउटा कला हो। यसैले कवि–कर्ममा निजत्व र कवित्व भएकै अनुपातमा त्यस कृतिको गुणवत्ता प्रमाणित हुन्छ।’

उहाँको ठोकुवा छ, ‘दुर्भाग्यवश समसामयिक सभ्यता (?)ले एकातिर नक्कली बजारको नक्कली व्यक्तित्ववादलाई बढावा दिएको छ भने अर्कोतिर विद्युतीय उपकरण लगायतका सञ्चारका अतिक्रमणले हाम्रो आत्यन्तिक अस्मितालाई समेत आघात पु¥याएको छ। समसामयिक कविहरू आत्मसंघर्षको एउटा विकट र असमान चरणमा छन्। त्यस संघर्षको चाप र दापमा परेर हाम्रो कविता आज पनि टाक्सिएकै छ...।’








यसमा तपाईको मत

अन्य समाचार

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

निःशुल्क सेवा प्रदान

निःशुल्क सेवा प्रदान

चितवन कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले संविधान दिवसका अवसरमा बिहीबार बहिरङ (ओपिडी) तर्फको टिकट निःशुल्क...

Ncell Footer Ad