१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

गर्मीमा खरबुजाको कमाल

खरबुजालाई स्वादिष्ट तथा ताजगी फलको रूपमा लिइन्छ तथा स्वास्थ्यका लागि फाइदाजनक पनि।एउटा खरबुजामा ४६ प्रतिशत क्यालोरी तथा भिटामिन सी र एलगायत विभिन्न तत्व हुन्छन्।खरबुजा सेवनका निम्न फाइदाहरू छन्:

ताजगी राख्छ
–शरीरलाई स्वस्थ राख्न मानिस प्रायः पानी पिउँछन्।यद्यपि खानामा हुने पानीको मात्राले पनि शरीरलाई जलवियोजनबाट बचाउन सहयोग गर्छ।अचम्मको कुरा यो छ कि खरबुजामा ९२ प्रतिशत पानीको मात्रा हुन्छ भने ४६ प्रतिशत क्यालोरी हुन्छ। वाँकी अन्य भिटामिन तथा तत्वहरू।फलफूलमा पानीको मात्रा धेरै हुन्छ र खाँदा छिट्टै अघाएको महसुस हुन्छ।पानी र फाइबर हुनु भनेको खानाको मात्रा ठीक छ भन्नु हो।त्यसै गरी खरबुजामा अन्टिअक्सिडेन्टको मात्रा पनि उत्तिकै हुन्छ।

भिटामिन सी र ए
–भिटामिन सी एन्टिअक्सिडेन्ट हो।जसले शरीरका कोषलाई नष्ट हुन दिँदैन।भिटामिन सीले रोगसित लड्ने प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ।खरबुजामा पाइने क्यारोटिनोड्स बोटबिरुवामा पाइने यस्तो तत्व हो, जसमा अल्फा क्यारोटिन र बेटा क्यारोटिन पाइन्छ।जुन तत्व पछि गएर भिटामिन एमा रूपान्तरण भई शरीरमा भिटामिन ए पनि मिल्छ।

लाइकोपेन
‘लाइकोपेन’ले फलफूल तथा गोलभेंडामा रातो रङ प्रदान गर्छ।यो रङ स्वास्थ्यका लागि लाभदायक छ।र, खरबुजामा भएको रातो रङले पनि शरीरलाई फाइदा  पु-याउँछ।

कुकरबिटासिन ई
–‘कुकरबिटासिन ई’ बोटबिरुवामा पाइने एन्टिअक्सिडेन्ट तत्व हो, यसले विभिन्न कारणले शरीर सुन्निन दिँदैन।तितो खरबुजा खरबुजाको नातेदार पनि मानिन्छ, जसमा कुकरबिटासिन ई पर्याप्त पाइन्छ।यो फलमा पाइने यी तत्वले क्यान्सर रोकथाममा पनि सहयोग गर्छ।अनुसन्धानकर्ताका अनुसार खरबुजामा हुने लाइकोपेन र अन्य तत्व  क्यान्सरविरुद्ध उपयोगी हुन्छन् नै।यी तत्वले पाचन प्रणालीमा पनि फाइदा पु¥याउँछन्।

यसमा थप कुरा खरबुजामा पाइने कक्रोटिसिन ई र लाइकोपेनले क्यान्सर हुनबाट बचाउँछ।आफ्नो नियमित भोजनमा खरबुजा समावेस गर्ने हो भने हृदयघात, उच्च रक्तचाप र कोलस्ट्रोल बढ्ने जोखिम हुँदैन।धेरैथरीका पोषण भएको  खरबुजा स्वास्थ्यका लागि विशेष फाइदाजनक छ।

तनाव र सुन्निने समस्या घटाउँछ
–पुरानो रोगमा सुन्निने समस्या आउँछ।खरबुजाले तल्लो निकायको ग्याँसलाई  नष्ट गर्छ।साथै यसमा लाइकोपिन र भिटामिन सी शरीर सुन्निन नदिने तत्व हुन्छन्।सन् २०१५ मा भएको एक अध्ययन तथा प्रयोगशालामा  भएको परीक्षणबाट शरीर सुन्निन नदिने प्रोटिन र कम ग्याँस पाइएको थियो।खरबुजामा पाइने लाइकोपेन तत्व मस्तिष्क स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ।यो अल्जाइमर रोगमा उपयोगी हुन्छ ।

आँखाको दृष्टि घट्न रोक्छ
–खरबुजामा पाइने लाइकोपेन रगत हुँदै आँखाका विभिन्न भागमा पुग्छ।यो तत्वले आँखाको दृष्टि क्षमता घट्न रोक्छ।यसले उमेरको कारणले घट्नसक्ने दृष्टि क्षमता पनि घटाउँछ।यो आँखाको साझा समस्या हो।यसैले उमेर पुगेपछि अन्धोपन पनि गराउँछ।जुन समस्यालाई खरबुजाको सेवनले कम गर्न सकिन्छ।लाइकोपेनले एन्टिअक्सिडेन्टको र सुन्निन नदिने भूमिका खेल्छ र धेरै बिग्रिनबाट सुरक्षा प्रदान गर्छ।

मांशपेशी दुखाइ कम गराउँछ
–खरबुजामा हुने  अमिनो रसायनले मांशपेशीको दुखाइ कम गर्छ।यो प्रतिस्थापनको रूपमा पनि पाइन्छ।एउटा सानो अध्ययनले खरबुजाको जुसले मांशपेशीको दुखाइ कम गरेको औंल्याएको थियो।अनुसन्धानकर्ताले यसका लागि एउटा ट्युबमा राखेर खरबुजामा पाइने किटरुलिन सोस्छ, जतिबेला यसलाई खरबुजाको जुसको रूपमा सेवन गरिन्छ।कुनै व्यायामपछि खरबुजाको जुस प्रयोग गरे व्यायामको क्रममा मांशपेशीको दुखाइ कम हुन्छ।

छाला र कपालका लागि फाइदा
–खरबुजामा पाइने भिटामिन ए र सी छाला र कपालको स्वास्थ्यका लागि राम्रो मानिन्छन्।भिटामिन सीले शरीरमा कोलाजिन र प्रोटिनले छालालाई नरम बनाउँछ तथा रौं बलियो बनाउँछ।भिटामिन ए स्वस्थ छालाका लागि महत्वपूर्ण छ।यसले छालाको कोषलाई निर्माण गर्न र पुनर्निर्माण गर्न मद्दत गर्छ।पर्याप्त भिटामिन एबिना छाला सुक्खा र खस्रो देखिन्छ।यसमा हुने लाइकोपेनलगायत तत्वले घामले जलेको छालालाई सुधार गर्छन्।

पाचन प्रणालीमा सुधार
–यसमा हुने पर्याप्त पानी र केही फाइबरको मात्रा दुवै पाचन प्रक्रियाका लागि महत्पूर्ण मानिन्छ।फाबरले अवरुद्ध दिसालाई खुलाउँछ भने पानीले पाचनप्रणालीलाई चलायमान बनाउँछ।पर्याप्त पानी र फाइबर भएका खरबुजाजस्ता फलफूल सेवनले शौचलाई नियमित र सामान्य बनाउँछ।

प्रकाशित: ३२ जेष्ठ २०७६ ०२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App