दिनमा १० लाख मानिसमा यौनरोग संक्रमण

शनिबार, ३२ जेठ २०७६, ०८ : २८ नागरिक

विश्वभर प्रतिदिन १० लाख मानिसमा यौनरोगको संक्रमण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । हरेक वर्ष करोडौं मानिस गोनरिया, भिरिंगी, सिफलिस ट्राइकोमोनिएसिस जस्ता यौन संक्रमणसित जुधिरहेका छन् ।

संगठनले यौनरोगको संक्रमण नियन्त्रणको गति ढिला भइरहेको तथ्यले औंल्याएको जनाएको छ । यौनरोगको संक्रमणसम्बन्धी केही रोग औषधिले समेत निको नभएको विषयमा चिकित्सकले चिन्ता व्यक्त गरेका छन् ।

संगठनले यौन सम्बन्धका कारण हुने मुख्य चारवटा रोगको मूल्यांकन गरेको छ । मूल्यांकनबाट सन् २०१२ यता यौनरोग संक्रमणमा कमी आउन सकेको छैन । विश्व स्वास्थ्य संगठनले गरेको मूल्यांकनअनुसार विश्वभर २५ जनामा एक व्यक्ति यौन संक्रमणको सिकार हुन्छन् । ट्राइकोमोनियासिस यौन सम्बन्धले हुन्छ । जब कि गोनरिया, क्लामिडी र सिफलिस कीटाणुको कारणले हुन्छ ।

यौनरोगका लक्षण
–यौन संक्रमणसम्बन्धी रोगका लक्षण
–यस्तो रोगमा लक्षण सुरुमै देखिन्छ भन्ने छैन
–रोग भए पनि लक्षण नदेखिन सक्छ
–पिसाब फेर्दा दुख्नु
–योनिबाट पानी बग्नु
–महिनावारीमा बढी रगत बग्नु

गोनरियाले महिलालाई भित्री रूपमा गम्भीर असर गर्छ । योनि सुन्निने, बाँझोपन आउने या मुटुसम्बन्धी रोग लाग्ने हुन्छ  । यो गर्भवती महिलामा भयो भने जन्मिने बच्चामा समेत असर पर्छ । जन्मिने बच्चामा विकृति या दृष्टिविहीनता हुनसक्छ ।

विश्व स्वास्थ्य संगठनका डा. पिटर सलमा भन्छन्, ‘ विश्वभर यौनरोगको संक्रमण फैलिनबाट रोक्नै सकिएको भने होइन, यो यस्तो खतरा हो कि हरेक व्यक्ति यौनरोगसित लड्न प्रयास गरिरहेका छन्, यो सुनिश्चित गर्नुपर्छ कि यो संक्रमण रोक्न र उपचारको सुविधा हुनुपर्छ ।’

संगठनले यौनरोगको संक्रमणबाट बच्न उत्तम उपाय नै सुरक्षित यौन सम्बन्ध सुझाएको छ । यौन सम्बन्धको समयमा कन्डम प्रयोग गुर्नपर्छ नै । शंका लागे उपचारमा गइहाल्नुपर्छ । ब्याक्टेरियाबाट भएको यौनरोग हाल उपलब्ध औषधिले ठिक हुने गरेको अवस्था छ । तर विशिष्ट प्रकारको सिफलिस पेनिसिलिनको कमीले धेरै जटिल बनेको छ । विशिष्ट गोनरियाको उपचार पनि असम्भव जस्तै भएको छ ।

वेलक ड्रग रेसिस्टेन्ट इन्फेक्सन कार्यक्रमका प्रमुख डा. टिम जिंक भन्छन्, ‘गोनरियाको सामान्य संक्रमणको उपचार पनि अति कठिन भएको छ । यसरी बढ्दै गएको संक्रमण रोक्ने प्रयास गर्नुपर्छ या पुरानो औषधिको सट्टा नयाँ औषधि खोज्नुपर्छ, जुन पुरानाले काम गर्न छोडेको छ ।’
(स्रोत ः बिबिसी)

 








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad