१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चिठ्ठाको नाममा ठगी गर्ने पक्राउ

विराटनगर– चिठ्ठामा २५ लाख रुपैयाँ परेको भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका–११ बस्ने २३ वर्षीय निरज मरिक र मोरङ धनपालथान गाउँपालिका–६ बस्ने ३६ वर्षीय श्रवण मलहाले इलाम जिल्ला इलाममाई नगरपालिका–८ बस्ने पासाङ शेर्पालाई ‘इमो’ मार्फत चिठ्ठा परेको छ भन्दै सन्देश पठाई एक लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।

निजहरुले चिठ्ठा परेको भन्दै शेर्पालाई दस्तुर (कर) वापत पटक–पटक गरी मरिकको नाममा ४५ हजार रुपैयाँ र  ७५ हजार रुपैयाँ गरी एक लाख २० हजार रुपैयाँ विराटनगरको एक बैंकको खातामा रकम पठाएपछि मरिक सम्पर्कविहीन भएका थिए। पक्राउ परेका मलाहा यसअघि विसं २०७५ पुस २६ गते यसरी नै ठगीमा पक्राउ परी जिल्ला अदालत मोरङबाट दुई लाख रुपैयाँ धरौटीमा छुटेका थिए। निजहरुलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम ठगीसम्बन्धी कसूरअन्तर्गत अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित: ३१ जेष्ठ २०७६ ०६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App