१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

तगारो बन्न सक्ने रोय

लन्डन - वेस्ट इन्डिजको गतिलो बलिङ आक्रमणसामु इङ्ल्यान्डका ओपनर जेसन रोय तगारो बन्न सक्छन् । रोय घरेलु मैदानमा जारी विश्वकपमा उत्कृष्ट लयमा देखिएका छन् ।
दक्षिण अफ्रिकाविरुद्धको उद्घाटन खेलमा ५४ रन प्रहार गरेका रोयले पाकिस्तानविरुद्धको दोस्रो खेलमा ८ रन मात्र जोडेका थिए ।  उनले तेस्रो खेलमा बंगलादेशविरुद्ध शतक पूरा गर्दै लयमा फर्किएको संकेत गरेका थिए ।

दक्षिण अफ्रिकाविरुद्धको खेलमा पहिलो ओभरमै ओपनर जोनी बेयरस्टोलाई गुमाएको अवस्थामा रोयले कप्तान जो रुटसँग १ सय ६ रनको साझेदारी गर्दै टोलीको इनिङ उकासेका थिए । त्यस्तै तेस्रो खेलमा १ सय ५३ रन जोडेका रोयले पहिलो विकेटका लागि बेयरस्टोसँग १ सय २८ रनको साझेदारी गरेका थिए ।
त्यसैले जेसन होल्डर, ओसामाने थोमस, सेल्डन कोट्रेलका लागि शुक्रबार रोय बाधक बन्न सक्छन् ।
देश : इङ्ल्यान्ड
उमेर : २८ वर्ष
ब्याटिङ : दायाँ हाते ओपनिङ ब्याट्सम्यान
बलिङ : दायाँ आर्म मिडियम

प्रकाशित: ३१ जेष्ठ २०७६ ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App