१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सपिङ मलमा आक्रमण गर्नेलाई मृत्युदण्ड

बेइजिङ – मध्यबेइजिङमा अवस्थित एक सपिङ मलमा गत वर्ष आक्रमण गर्ने एक व्यक्तिलाई बिहीबार चीनको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।

सो आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य १४ जना घाइते भएका थिए । बेइजिङको जनअदालतले झु जिया नामक ती व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । झुले गत वर्षको फेब्रुअरी ११ मा सिचुङ जिल्लामा रहेको जोए सिटी मलमा रहेका व्यक्तिमाथि आक्रमण गरेका थिए ।  

निर्दोष व्यक्तिमाथि गरेको आक्रमणको कारबाही स्वरुपमा अदालतले झुलाई मृत्यु दण्डको सजाय दिइएको बताइएको छ ।

प्रकाशित: ३१ जेष्ठ २०७६ ०१:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App