४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

छोराले गरे बुवाको हत्या

अछाम– अछाममा छोराले चिरपटले हानेर आफ्नै बुवाको हत्या गरेका छन्। जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुङ्ग्रा निवासी ५६ बर्षीय मिने ढोलीलाई उनकै सहोदर जेठो छोरा प्रेम ढोलीले दाउराको चिरपट प्रयोग गरि हत्या गरेका हुन्। 

पारिवारिक झगडाका कारण हिजो राती ११ बजे चिरपटले बुबाको गर्धनमा हानेपछि ढोलीको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

मृतक ढोलीलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल मंगलसैन ल्याइएको छ। हत्या गर्ने प्रेम ढोलीलाई प्रहरीले नियन्त्रणमा लिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कलेन्द्र शाहीले जानकारी दिए।

प्रकाशित: ३० जेष्ठ २०७६ १३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App