२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

समृद्ध नेपालका लागि गरिबी अन्त्य गर्नुपर्छ : मन्त्री अर्याल

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले समृद्ध नेपाल बनाउन गरिबीको अन्त्य गर्नुपर्ने बताएकी छिन् । काठमाडौंमा बुधबार आयोजना गरेको ‘दक्षिण एशिया लैंगिक संवेदनशील मूल्य श्रृंखला’ कार्यक्रममा यस्तो धारणा राखेकी हुन् । गरिबी निवारण बिना समृद्धि हासिल गर्न नसकिने बताउँदै गरिवी निवारण गर्न सरकार, सहकारी, निजी क्षेत्र र विकासका साझेदारले एकीकृत प्रयास गर्नुपर्ने बताइन् ।

मन्त्री अर्यालले गरिबीको समस्या दुर्गमका बस्तीमा रहेको बताइन् । ‘ग्रामीण क्षेत्रका जनता अहिले पनि राज्यका सेवा सुविधाबाट बञ्चित छन्,’ उनले भनिन् ।  गरिवी न्यूनिकरण तथा खाद्य सुरक्षाको मर्म अनुसार काम गर्नुपर्ने बताइन् । मन्त्री अर्यालले सबै प्रकारका गरिबीबाट नेपाललाई मुक्त गर्न सरकार लागि परेको बताइन् । ‘शिक्षा, स्वास्थ्य र खानेपानी र आवासमा जनताको पहुँच पु¥याउनु पर्छ,’ उनले भनिन्, ‘गरिवहरुमा सेवाको पहुँच बढाउनु पर्छ ।’

भूमिको उत्पादकत्व बृद्धि, उन्नत र आधुनिक कृषि उद्योगको विकास बजारीकरण, खाद्य सम्प्रभुता र ग्रामीण जनताको आयस्तरमा सुधार ल्याउनु पर्ने बताइन् । गरिबी निवारण गर्न भूमि सुधारको सवाल सामाजिक तथा आर्थिक रुपान्तरणको मुख्य सवाल भएको धारणा राखिन् । ‘भूमि सुधार भनेको गरिवलाई जग्गा बाँड्ने कुरा मात्र होइन,’ उनले भनिन्, ‘बाँझो रहेका हजारौं जमिन कसरी कृषी उत्पादनमा लगाई अधिकतम लाभ लिने भन्ने पनि हो ।’
 

प्रकाशित: ३० जेष्ठ २०७६ ०३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App