बिजुली उत्पादनमा यो वर्ष

सरकारी लक्ष्य २३२, उत्पादन १४४ मेगावाट

बिहिबार, ३० जेठ २०७६, ०८ : ३२ हिमाल लम्साल  | @mtlamsal

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको असार मसान्तसम्म दुई सय ३२ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको थियो।तर, वर्ष सकिन एक महिनामात्रै बाँकी हुँदा प्राधिकरण र निजी क्षेत्र दुवैको जोड्दा एक सय ४४ मेगावाट मात्रै उत्पादन हुने देखिएको छ। मुलुकका ठूला पाटीहरुले चुनावी घोषणा पत्रमा भने हजारौं मेगावाट विद्युत उत्पादन गर्ने बताउँदै आएका छन्।  

यो तथ्यांकले प्राधिकरणले चालु आवमा विद्युत् उत्पादन गर्ने लक्ष्य हासिल गर्ने संकेत देखिँदैन।प्राधिकरणले चालु आवमा निजी क्षेत्रबाट एक सय ५८ मेगावाट र प्राधिकरणमार्फत ७४ मेगावाट विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखेको थियो।तर, आव सकिन लाग्दा एक सय ४४ मेगावाट मात्रै उत्पादन हुने प्राधिकरणको भनाई छ।

विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले निजी क्षेत्रले चालु आर्थिक वर्षमा लक्ष्य अनुसार विद्युत् आयोजना सम्पन्न गरेर विद्युत् उत्पादन गर्न नसकेको बताए।चालु आर्थिक वर्षको अन्त्यसम्म निजी क्षेत्रले १५८ मेगावाट र विद्युत् प्राधिकरणले ७४ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो। ‘चालु आर्थिक वर्षमा निजी क्षेत्रले आफ्नो प्रतिबद्धता अनुसार जलविद्युत् उत्पादन गर्न सकेन।जसले गर्दा लक्ष्यअनुसार विद्युत् उत्पादन हुने सम्भावना न्यून देखिएको छ,’ प्रवक्ता अधिकारीले भने, ‘विद्युत् प्राधिकरणमार्फत रहेका आयोजनाले भने चालु आवको मसान्तसम्म ७४ मेगावाट नै उत्पादन हुनेछ ।’

प्रवक्ता अधिकारीले जलविद्युत् आयोजनाको समय लम्बिनेबित्तिकै लागत बढ्ने बताउँछन्।‘आयोजना समयमा नसकिँदा लागत मात्रै बढ्दैन।अन्य धैरै प्रकारका नोक्सान हुन्छ,’ उनले भने, ‘समयमा निर्माण सम्पन्न नहुँदा एकातर्फ लागत बढ्ने गर्छ।अर्काेतर्फ भने राज्यलाई अर्बाैं रुपैयाँ नोक्सानी हुने गर्छ ।’ प्रवक्ता अधिकारीका अनुसार प्राधिकरण मातहत रहेका कुलेखानी तेस्रोबाट १४ मेगावाट र  माथिल्लो त्रिशुली थ्री ‘ए’बाट ६० मेगावाट क्षमता भएका आयोजनाले परीक्षण रुपमा जलविद्युत् उत्पादन गर्दै आइरहेका छन्।

चालु आर्थिक वर्षमा निजी क्षेत्रका १४ वटा जलविद्युत् आयोजनाले एक सय ५८ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखेका थिए।तर, लक्ष्य राखेकामध्ये ४० प्रतिशत मात्रै विद्युत् उत्पादन गर्न सफल भए । चालु आवमा मिदिमखोलाले ०.१० मेगावाट, कपडीगाड ३.३३ मेगावाट, माथिल्लो मादी सात मेगावाट, अप्पर नाउगाड आठ मेगावाट, रुदीखोला ८.८ मेवावाट, इवाखोला ९.९ मेगावाट, तल्लो मोदी २० मेगावाट, तल्लो हेवाखोला २१.६ मेगावाट, बागमती खोला सानो २२ मेगावाट, सोलुखोला २३.५ मेगावाट, काबेली बी वान २५ मेगावाट, सुपरमाई ७.८ मेगावाट, सबुवा खोला ०.०९ मेगावाट र विष्णुप्रिया सोलार फर्म ०.९६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका थिए।यीमध्ये कतिपय आयोजनाले उत्पादन गरे पनि अधिकांशले तोकिएको समयसीमाभित्रै विद्युत् उत्पादन गर्न नसक्ने देखिएको प्राधिकरणको अध्ययनले देखाएको छ ।

प्राधिकरणका प्रवक्ता अधिकारी जलविद्युत् आयोजना एउटामात्रै कारणले नभएर विविध कारणले निर्धारित समयमा निर्माण सम्पन्न नहुने बताउँछन्।‘अन्य क्षेत्रमा जस्तै जलविद्युत्मा पनि निर्धारित समयमा सम्पन्न नहुने विकराल अवस्था छ,’ उनले भने, ‘पर्याप्त अध्ययन र परामर्शबिनै ठेक्का लगाउँदा आयोजना वर्षाैसम्म अलपत्र हुँदै आइरहेका छन्  ।’ उनका अनुसार सार्वजनिक खरिद ऐनले सबैभन्दा कम मूल्य कबोल गर्ने ठेकेदार छनोट गर्नुपर्ने कानुनी व्यवस्था, आयोजनाको पर्याप्त अध्ययनबिनै ठेक्का खोल्ने, ठेकेदारको पर्याप्त लगानी र जनशक्तिबिनै ठेक्का हत्याउने, क्षमताभन्दा ठूलो ठेक्का लिने प्रवृत्ति, ठेकेदारको ढिलासुस्ती र बहानाबाजी, भेरिएसन थप गर्ने प्रवृत्ति, अन्तरसरकारी निकायबीचको समन्वय अभावको कारणले कारणले जलविद्युत् आयोजना तोकिएको निर्धारित समयभित्रै सम्पन्न नहुने देखिएको हो।प्राधिकरणले आगामी आर्थिक वर्षमा निजी क्षेत्रबाट एक हजार एक सय ४९ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ।

माथिल्लो हेवाखोला जलविद्युत् कम्पनीका प्रवद्र्धक भीमलाल पौड्याल भूकम्प, नाकाबन्दी, ठेकेदारको ढिलासुस्तीको कारण निजी क्षेत्रका जलविद्युत् आयोजना तोकिएको समयमा सम्पन्न नहुने समस्या देखिएको बताउँछन्।‘निजी क्षेत्रले जलविद्युत् उत्पादन गरे पनि प्राधिकरणले ट्रान्समिसन लाइन नबनाउँदा विद्युत् बेचबिखन गर्न पाउँदैनन्,’ उनले भने, ‘प्राधिकरणकै कारणले गर्दा अधिकांश निजी क्षेत्रका आयोजना सम्पन्न हुन सकेका छैनन् ।’

प्रवद्र्धक पौड्याल जलविद्युत् आयोजनाको प्रकृति अनुसार फरक–फरक कारणले ढिलासुस्ती हुने बताउँछन्।‘प्रोजेक्टको प्रकृति हेरेर फरक–फरक समस्याबाट गुज्रिएका हुन्छन्,’ उनले भने, ‘कतै सर्वसाधारणको अवरोधले समयमै सम्पन्न हँुदैनन्।कतै प्राधिकरण, कतै वन मन्त्रालयको कारणले समस्या आइराखेका हुन्छन् ।’ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले श्वेतपत्र जारी गर्दै चालु आर्थिक वर्षमा नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र यसका सहायक कम्पनी तथा निजी क्षेत्रबाट समेत गरी आगामी तीन वर्षभित्र तीन हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखेको जनाएका छन्।त्यसैगरी, पाँच वर्षभित्र पाँच हजार मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य छ।१० वर्षभित्र आन्तरिक खपतका लागि १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्य छ।त्यसैगरी, १५ वर्षभित्र १५ हजार मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने सरकारले लक्ष्य राखेको छ।

आर्थिक वर्ष ०७६÷७७ मा ४३ वटा जलविद्युत् आयोजनाले एक हजार एक सय ४९ मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य राखेका छन्।सरकारले चालु आर्थिक वर्षभित्रै माथिल्लो तामाकोसी आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको थियो।तर, विविध कारणले ४५६ मेगावाट क्षमताको उक्त आयोजना सम्पन्न हुन सकेन।माथिल्लो तामाकोसीको म्याद एक वर्ष थपिएको छ ।

प्राधिकरणले आगामी आर्थिक वर्षमा माथिल्लो सान्जेनबाट १४.८० मेगावाट र  रसुवागढीबाट १११ मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य राखेको छ।सान्जेनबाट ४२  मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य छ।चाउरी खोलाबाट पाँच, छुलेपु खोलाबाट ८.५२, दरबाङ म्यादीबाट २५, घलेम्दी खोलाबाट पाँच मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ।घट्टे खोलाबाट पाँच, इदी खोलाबाट ०.९८, झेउलीगड सानोबाट एक, खानीखोला दोलखाबाट ३०, खारे खोलाबाट २४.१, खोरुंगा खोलाबाट ४.८, लेगुवाखोलाबाट ०.०४, तल्लो सोलुबाट ८२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।प्राधिकरणका अनुसार तल्लो टाडीबाट ४.९९, मध्य मिदिमबाट ३.१, मिस्ट्री खोलाबाट ४२, नमार्जुङ मादीबाट ११.८, पिखुवा खोलाबाट पाँच, रिचेत खोलाबाट ४.९८ मेगावाट विद्युत उत्पादन हुने प्राधिकरणले जनाएको छ।

सभाखोला एबाट ८.३, सलाँखु खोलाबाट २.५, सिगंटी खोलाबाट २५, सुरी खोलाबाट ६.४, तादी खोलाबाट पाँच, तल्लो छोटे खोलाबाट एक मेगावाट, तिनेखु खोलाबाट ०.९९ मेगावाट, माथिल्लो बलेफी ‘ए’बाट ३६ मेगावाट जलविद्युत् उत्पादन हुने प्राधिकरणले पक्षेपण गरेको छ।माथिल्लो हेवाखोला सानोबाट ८.५, माथिल्लो कदम ०.९९, माथिल्लो खिम्ती २ बाट सात, माथिल्लो मैलुङबाट १४.३०, माथिल्लो पराजुली खोलाबाट २.१५, माथिल्लो स्यांगे खोलाबाट २.४० विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ।माथिल्लो मैलुङ ‘ए’ बाट ६.४२, माथिल्लो चाकु ‘ए’बाट २२.२२ मेगावाट, खानीखोला १ बाट ४०, गेलुनबाट ३.२, दोर्दी खोलाबाट २७ र माथिल्लो दोर्दी ‘ए’बाट १८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad