१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जनमुक्ति सेनाको निमन्त्रणामा प्रधानसेनापति चीन जाँदै

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापा चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असारको पहिलो साता चीन भ्रमणमा जाने भएका छन्। छिमेकी मुलुक चीनको साताव्यापी भ्रमणका लागि प्रधानसेनापति थापा असार १ गते त्यसतर्फ प्रस्थान गर्ने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पुष्टि गरेका छन्।

असार १ देखि ७ गतेसम्मको उक्त भ्रमणका क्रममा प्रधानसेनापति थापा छेन्दु हुँदै बेइजिङ पुगेर आफ्ना समकक्षीसँग आपसी हित र चासोको विषयमा विचार विमर्श गर्नेछन्। रासस

प्रकाशित: २९ जेष्ठ २०७६ १३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App