१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

महेन्द्रले नेपालको भावनात्मक एकता गरे : कमल थापा

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजा महेन्द्रले नेपालको भावनात्मक एकता गरेको बताएका छन्। राजा महेन्द्रको १०० औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको  ‘राष्ट्रिष्ता, विकास र अन्तराष्ट्रिय सम्वन्धका सन्दर्भमा राजा महेन्द्र बहुआयमिक व्यक्तित्व’  विषयक कार्यक्रममा थापाले पृथ्वीनारायण शाहले भूगोलको र महेन्द्रले भावनाको एकता गरेको बताए।

'महेन्द्रको योगदानलाई सच्चा नेपालीले सम्मान गर्नुपर्छ', उनले भने 'दक्षिण छिमेकी भारतको प्रभावबाट चलेको देशलाई स्वतन्त्र अस्थित्वमा उभ्याउन सक्नु महेन्द्रको दुरदर्शिता रहेको साथै त्यस समयको विश्वशक्ति राष्ट्रहरुको माझमा नेपाललाई परिचित गराउन राजा महेन्द्र सफल भएका छन्।’

कार्यक्रममा बोल्दै विश्ववन्धु थापाले विभिन्न क्षेत्रबाट असयोग हुँदा पनि विचलित नभई राजा महेन्द्रले देशको शिर उच्च राखेको र अव आउनेले पनि राजा महेन्द्रबाट सिक्नु पर्ने बताए।

नेकपा मालेका महासचिव सीपी मैनालीले पृथ्वी नारायण शाह पछि नेपालको रक्षक महेन्द्र भएको बताए। राजा त्रिभुवन भारत प्रवासमा गएपछि युवराज हुँदा बखत नै उनले भारतको चाल बुझेर आफूलाई परिपक्क बनाएको उनको भनाई छ।  ‘सात सालको संम्झौताले राणालाई प्रधानमन्त्री, राजा त्रिभुवनलाई पुनः गद्दी, काङ्ग्रेसलाई मन्त्री र भारतले बिधानसभा पाएको र त्यो बिधानसभा चुनाव भएको भए नेपालै नरहने बुझेर महेन्द्रले बिधानसभा चुनाव रोकेका थिए,’ मैनालीले भने '२०६४ को संविधानसभाको चुनाव र संविधान बन्ने क्रममा त यस्तो थिचोमिचो र हेपाह संस्कार हामीले देख्यौ, अब सोच्नुस त त्यो बेला कति घातक हुन्थ्यो होला।'

पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पान्डेले आजको दिनमा राजा महेन्द्र सम्झँदा भावुक भएको र आफू सोह्र बर्षको हुँदाबाट महेन्द्रको संगत गर्न पाएको बताए।

महेन्द्रले राज्यरोहण गर्दा विश्व परिस्थिती बेग्लै भएको, नेपालभरि नेपाली मुद्रा नचल्ने, काठमाडौबाट नेपालको अन्य भागमा जाँदा भारतको बाटो हुँदै जानुपर्ने बाध्यताहरु पार लगाउँदै विश्वमाझ नेपाल चिनाउने राजालाई विभिन्न कोणबाट गाली गरेको देख्दा नरमाइलो लाग्ने उनको भनाई छ।

प्रवचन गोष्ठीमा आफ्नो धारण राख्दै दिपक ज्ञावलीले आफ्ना बुवा शम्भु प्रसाद ज्ञावलीलाई विपिले महान्याधिवक्ता बनाए पनि राजा महेन्द्रले एघार बर्ष कानूनी क्षेत्रकै जिम्मेवारी दिएको बताउँदै व्यक्तिको क्षमता बुझ्ने राजा भएको बताए।

प्रकाशित: २९ जेष्ठ २०७६ १२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App