१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लागुऔषध सहित १ जना पक्राउ

काठमाडाैं– महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ।

प्रहरीले आज बिहान ०५ः४५ बजे नारायणगढबाट काठमाण्डौं आउँदै गरेको ना ५ ख ९५५ नम्बरको बसलाई नागढुङगा चेकपोष्टमा चेकजाँच गर्ने क्रममा बसमा सवार सिन्धुपाल्चोक  बतासे गाउँपालिका २ घर भई बस्ने वर्ष ३४ को विनोद थापाललाई लागुऔषधसहित पक्राउ गरेको हो।

थापालाई नाईट्रोभेट १८० ट्याब्लेट, नुफिन, फेनरागन र डाईजेल्याप गरी जम्मा १५० एम्पुल लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो। प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित: २९ जेष्ठ २०७६ १०:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App