१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लोकल कुखुरा पालनमा रमाउँदै किसान

सिन्धुली– जताततै बोइलर कुखुरा पालिरहेको अवस्थामा यहाँको तीनपाटन गाँउपालिकास्थित एक किसानले स्थानीय जातको कुखुरालाई व्यवसायीक रुपमा पाल्न थालेका छन्। गतबर्ष परिक्षणको रुपमा पाँच सय कुखुरा पालेर उत्साहित भएका तीनपाटन गाँउपालिका–११ का नेत्रहरि दुलालले यस वर्ष गाँउमै दुई हजार लोकल कुखुरा पालन गर्न सुरु गरेका हुन्।

गाँउघरमा समेत मासिदै गएको बेला उनले एकैपटक ठुलो संख्यामा लोकल कुखुरको पालन सुरु गरेका हुन्। ‘जताततै बोइलर कुखुराको पालन भइरहेको समयमा मैले स्थानीय जातको लोकल कुखुराको व्यवसायीक पालनमा जुटेको हुँ,’ उनले भने। गत वर्ष परिक्षणका रुपमा लोकल  कुखुरा पालन गरेर उत्साहित भएका कृषक दुलालले यो वर्ष एकैपटक १५ सय थप गरेका हुन्।  गतवर्ष हामीले पाँच सय लोकल कुखुरा पालन गरेका थियांै, त्यो सफल भयो, त्यसपछि कुखुरा पालनमा हौसिएका हौं’ दुलालले भने।

फर्ममा पाल्ने जातको लोकल कुखुरा पालनका लागि उनले चल्लाहरु भने बाहिरी जिल्लाबाट आयात गरेका छन्। मोरङ र बुटवलबाट चल्ला आयात गरि व्यवसायीक लोकल कुखुरा फर्म सञ्चालन गरेका हुन्। सामुहिक रुपमा सुरु गरेको व्यवसायमा डिरेड एग्रोसिभ नामक प्रालि दर्ता गरेर पालन गरेको लोकल कुखुरा चल्ला प्रतिगोटा खरिद गर्दा दुइसय रुपैंया परेको प्रालिका सञ्चालक समेत रहेका दुलालले बताए।

आउने दशैंका लागि तयार हाल फर्ममा हालेको कुखुरा तयार हुने उनको भनाई छ । गत वर्ष हामीले गाउँमै एक हजार प्रतिगाटा बेचेका हौं, यति कुखुरालाई बजारको कुनै समस्या छैन, उनले भने, तयारी हुने वित्तिकै केहि हप्तामै विक्रि भइहाल्छ। उनले दशैंको समयमा माग बढ्ने भएकाले सोही समयलाई मध्यनजर गरि चल्ला हालिएका बताए। ६ महिनामा तयारी हुने कुखुरा हाल दुईदेखि तीन महिना पुगेका छन्।

स्थानीय जातका लोकल कुखुराको अण्डा संकलन गरेर ह्याचरीबाट चल्ला निकाल्ने योजना हामीले बनाएका छौं, उनले भने। चार महिना जतिका कुखुरा भएपछि वरपर भएका छारबुट्टा घास नै खाने भन्दा दाना भन्दा स्थानीय स्तरमा पाइने धान, मकै गहुँलगायतका अन्न नै आहाराका रुपमा दिने गरेका छाैं, प्रालिकी प्रबन्धक भगवती श्रेष्ठले भनिन्।

‘हामीले पहिला परिक्षणका क्रममा तयार भएको लोकल कुखुरा प्रतिगोटा एक हजार रुपैयाँमा विक्रि गरेका हौं’, दुलालले थपे, ‘यो पटक दशैंलाइ समेत लक्षित गरिएको छ, अब भने तौल गरेरै विक्रि गर्छौ।’ फर्ममा दुई हजार कुखुरा भएकाले स्थानीय बजार तथा माग अनुसार काठमाडौंलगायतका शहरमासमेत विक्रि वितरणका लागि लगिने उनले बताए। लोकल कुखुरा तयार हुँदा एउटा लोकल कुखुराको डेढदेखि दुई किलोसम्म हुने भएकाले पाँच लाख लगानी गरेर हालिएको चल्लाबाट राम्रो नाफा हुने उनको धारणा छ।

यो कुखुराबाट झन्डै २० लाख आम्दानी हुन्छ, उनले भने। कुखुरा पालनमा गाँउपालिकाबाट प्राविधिक सहयोग पाएको उनले जनाए। उक्त प्रालीको फर्ममा लोकल कुखुरा मात्रै हैन, परिक्षणकै रुपमा कडकनाथ जातका कुखुरासमेत पालन गरिएको छ। कुखुरा पालन गर्ने किसानलाई गाँउपालिकाको तर्फबाट गर्न सकिने सहयोग गरिएको र उक्त फर्ममासमेत प्राविधिक सहयोग भएको गाँउपालिका अध्यक्ष कर्णबहादुर थापामगरले जनाए।

प्रकाशित: २९ जेष्ठ २०७६ १०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App