१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जंगली च्याउ खानेको अवस्था गम्भीर

पाल्पा– निस्दी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकाको अवस्था गम्भीर बन्दै गएको छ।

यहि जेठ २४ गते च्याउ खाएर बिरामी भएका मध्ये दुई जनाको मृत्यु भएको थियो भने अन्य सात जनाको शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ। च्याउ खाएर ३६ वर्षीया चनकुमारी खाम्चा, १५ वर्षीया विमला खाम्चा, ८० वर्षका प्रेमसिं ठकुरी, ३० वर्षका दानमाया सिं ठकुरी, सात वर्षका सुमन सिं,धनकुमारी सिं, निसासिं ठकुरीको आइसियु र निरुता सिंको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

यस्तै ४५ वर्षीय पुरन खाम्चाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। पाल्पा क्षेत्र नं–१ का सांसद दलबहादुर रानाले गृह मन्त्रालयबाट निर्णय गराइ बिरामीको निःशुल्क स्वास्थ्य उपचार सेवाको पहल भएको जानकारी दिए। आर्थिक अवस्था कमजोर भएका बिरामी परिवारलाई अस्पतालमा भेट्न पुग्नुभएका सांसद रानाले मृतकलाई उचित राहत तथा बिरामी सबै स्वास्थ्योपचार सरकारले व्यहोर्ने गरी पहल अगाडि बढेको बताउनुभयो।

नजिकैको जङ्गलबाट खोजेर ल्याएको जङ्गली च्याउ खाएका निस्दी–३ का ११ जना बिरामी मध्ये स्थानीय नौ वर्षका निर्मला ठकुरी र चार वर्षका विष्णुसिं ठकुरीको ज्यान गएको थियो। नवलपरासीको मध्यविन्दु अस्पताल, मनकामना अस्पताल तथा पुरानो मेडिकल कलेज भरतपुरमा उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए। रासस

प्रकाशित: २९ जेष्ठ २०७६ ०९:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App