१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘जाम्न माया जाम’मा ‘मारुनी’ जोडी

काठमाडौं – आगामी भाद्र १३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मारुनी’ को पहिलो गीत ‘जाम्न माया जाम’ सार्वजनिक भएको छ। फिल्म युनिटले फिल्मको प्रचारप्रसारको सामाग्रीका रूपमा पहिलो गीत सार्वजनिक गरेको हो। राजधानीमा मंगलबार एक कार्यक्रमकाबीच ‘मनमगन’ गायक दिपक बज्राचार्यको स्वर रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो। गीतमा फिल्मका प्रमुख कलाकार नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्का फिचर्ड छन्। रिक्की शाक्यको शब्द रहेको गीतमा गायक बज्राचार्यकै संगीत छ। गीतमा प्रविन सिंहको कोरियोग्राफी छ।

कार्यक्रममा नायिका शाहले आफूलाई गीतमा नाँच्न निकै गाह्राे भएको अनुभव सुनाइन्। ‘मैले पहिलो पटक डान्सिङ गीतमा कम्मर मर्काएकी छु। यो गीतमा नृत्य गर्न निकै गाह्राे भयो’, उनले भनिन्, ‘मैले प्रायः रोमान्टिक गीतमा आफूलाई प्रस्तुत गरिरहेको थिएँ। पहिलो पटक डान्सिङ गीत गरेकी हुँ। केही डान्स स्टेपहरू टिप्न मलाई निकै गाह«ो भएको थियो। तर पनि राम्रो दिने प्रयास गरेको छु।’

नायक पुष्पले आफूले अहिलेसम्म नगरेको तर गर्न मन लागेको डान्स स्टेपमा नृत्य गरेको बताए। ‘म पहिलेदेखि नै बलिउडका गीत हेरिरहन्थें। उनीहरूको फरक खालको डान्स मुभ आफूले पनि गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। यो गीतको भिडियोमा मैले सानो भएपनि त्यो कोशिस गर्न पाएको छु’, उनले भने।

गायक दीपक बज्राचार्यले भिडियोले आफ्नो गीतलाई अर्कै ज्यान दिएको बताए। उनले फिल्ममा काम गर्ने मौका पाएको भन्दै कुनै कमीकमजोरी हुन नदिएको दाबी गरे। फिल्ममार्फत रेविका गुरुङले अभिनयमा ‘डेब्यू’ गरेकी छन्। निर्देशक नवल नेपालले आफूहरूले दर्शकको मन छुने फिल्म बनाउने प्रयास गरेकाले राम्रो र नराम्रो दुवै किसिमको प्रतिक्रिया सुन्न तयार रहेको खुलाए। ‘तर फिल्मले दर्शकलाई निराश चाहिँ पक्कै बनाउँदैन।’ उनले भने।

पुनम इन्टरटेनमेन्टको व्यानरमा पुनम गौतमले निर्माण गरेको फिल्ममा सह–निर्मातामा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री छन्। फिल्ममा गोविन्द फुँँयाल र निर्देशक नेपालको कथा, पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन छ।

प्रकाशित: २९ जेष्ठ २०७६ ०३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App