भारतद्वारा डेढ अर्बको चेक हस्तान्तरण

मङ्गलबार, २८ जेठ २०७६, १० : ०६ नागरिक

काठमाडौं – भारतले नेपाललाई एक अर्ब ६० करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ।सोमबार अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीले अर्थसचिव राजन खनाललाई एक अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका हुन्।

भारत सरकारले आवास पुनर्निर्माणका लागि नुवाकोट र गोरखा जिल्लाका ५० हजार लाभग्राहीलाई प्रदान गरेको पहिलो तथा दोस्रो किस्ताको शोधभर्नाका लागि उक्त रकम उपलब्ध गराएको हो।हालसम्म भारतले नेपाललाई चार अर्ब ५० करोड प्रदान गरिसकेको काठमाडौंस्थित भारतीय दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप घरधनीले घर पुनर्निर्माण गरेको सुनिश्चित गर्न भारत सरकारले घरधनीलाई सामाजिक–प्राविधिक सुविधा प्रदान गर्न युएनडिपी तथा युएनओप्ससँग साझेदारी गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

उक्त कार्यक्रममा नेपाल सरकारले भूकम्पपछिको पुनर्निमाणमा भारत सरकारले प्रदान गरेको अटुट तथा उदार मानवीय सहयोगका लागि सराहना गरेको छ।सोही अवसरमा उक्त साझेदारीका लागि नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्दै राजदूत पुरीले भारत सरकार तथा भारतीय जनता नेपालमा भूकम्पपश्चातको पुनर्निर्माण परियोजना पूरा गर्न प्रतिबद्ध रहेको दोहो¥याए।
 








यसमा तपाईको मत

अन्य समाचार

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

सानिमा बैंकको साधारणसभा सम्पन्न

सानिमा बैंकको साधारणसभा सम्पन्न

सानिमा बैंकले १५औं वार्षिक साधारणसभा समपन्न गरेको छ । ...

काठमाडौं फर्कने जहाजमा टिकट पाउनै गाह्रो

काठमाडौं फर्कने जहाजमा टिकट पाउनै गाह्रो

दसैं मनाउन गाउँ फर्किएकाहरु काठमाडौं फर्कने क्रम बढ्दै गएको छ । अहिले विभिन्न जिल्लाका बसपार्कमा यात्रुको भीड देखिन्छ । ...

सुजुकीद्वारा एस–प्रसोको बुकिङ खुला

सुजुकीद्वारा एस–प्रसोको बुकिङ खुला

नेपालका लागि सुजुकी गाडीको अधिकृत वितरक सिजी मोटोकर्पले सुजुकी एस–प्रसोको बुकिङ खुला गरेको छ । ...

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीले एन्ड्रोइड १० कुन कुन स्मार्टफोनले कहिले पाउनेछ भनेर तालिका सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad