१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

उपाध्यक्ष अग्रवाल जेनेभातर्फ

काठमाडौं – नेपाल उद्योग परिसंघका उपाध्यक्ष तथा परिसंघ रोजगारदाता परिषद्का संयोजक राजेशकुमार अग्रवाल अन्तर्राष्ट्रिय श्रम संगठनको १०९ औँ महासभामा भाग लिन जेनेभा गएका छन् ।

नेपालका ठूला तथा मझौला उद्योगको प्रतिनिधिमूलक संस्था परिसंघले महासभामा पर्यवेक्षकको रुपमा सहभागिता जनाउने छन्।अन्तर्राष्ट्रिय श्रम संगठनको स्थापनाको सय वर्ष पूरा भएको अवसरमा महासभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन्।महासभामा नेपालको रोजगारदाताहरुको प्रतिनिधि संस्था परिसंघको सहभागिताबाट अन्तर्राष्ट्रिय श्रम संगठन साथै देशभित्र त्रिपक्षीय सम्बन्धमा थप विस्तार हुने विश्वास परिसंघले लिएको छ ।
 

प्रकाशित: २८ जेष्ठ २०७६ ०३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App