१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अर्जुनाको ‘डोली चढ्ने रहर’

खोटाङ – खोटाङकी गायिका अर्जुना राई पुनः नयाँ म्युजिक भिडियो लिएर दर्शकश्रोतामाझ आएकी छन्।सांगीतिक क्षेत्रमा भविष्य खोज्दै संघर्षरत अर्जुनाको ‘सजिएर डोली चढ्ने थियो रहर’ बोलको गीतको भिडियो बजारमा आएको हो।

गत माघमा मात्र ‘सम्झनामा आईरहन्छौ’ बोलको पूर्वेली लोक भाकाको भिडियो बजारमा ल्याएकी अर्जुनाले चार महिनापछि पुनः अर्को भिडियो सार्वजनिक गरेकी हुन्।आनन्द चाम्लिङको शब्द र डक्टर किरातको संगीत रहेको वियोगान्त गीतमा समीर पेस्ला, सविना ससपेन लगायतको अभिनय देख्न सकिन्छ।निसान एसकेको निर्देशन र विक्रम कार्कीको एरेञ्जमा तयार पारिएको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो।

२०७३ सालमा ‘तिम्रो मायाले मलाई के गरायो’ बोलको गीतमार्फत औपचारिक रूपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेकी अर्जुनाले २०७४ सालमा ‘तिम्रो मायाले मलाई के गरायो’ बोलको पहिलो गीति भिडियो बजारमा ल्याएकी थिईन्।

सांगीतिक भविष्य खोजीका क्रममा हङकङ बसाई छाडेर पुनः स्वदेश फर्किएकी अर्जुनाको यो पाँचौं गीत हो।संगीतप्रतिको मोहका कारण दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाकी अर्जुनाले सानै उमेरदेखि जानकारी भएसम्म स्कुलकलेजका कुनै पनि सांगीतिक कार्यक्रम छुटाइनन्।संगीतप्रतिको त्यही लगावका कारण उनको सांगीतिक यात्रा अघि बढ्दो छ।‘खोजी प्रतिभा’ र ‘खोटाङ तारा’मा विभिन्न चरणको अनुभव संगालेकी अर्जुनाले विभिन्न स्टेज कार्यक्रममा पनि दर्शकलाई मनोरञ्जन दिलाउँदै आएकी छन्।
 

प्रकाशित: २८ जेष्ठ २०७६ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App