१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

धादिङबेसीमा ‘लभ हो’ मुहूर्त

धादिङ – नेपाली कथानक फिल्म ‘लभ हो’ को यहाँ मुहूर्त गरिएको छ।धादिङबेसीमा आयोजित एक कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले नरिवल फुटाएर फिल्मको मुहूर्त गरे।सन्तोष काफ्लेको निर्माण तथा सुबास जिसीको निर्देशनमा फिल्म बन्न लागेको हो।

सामाजिक सन्देशलाई मुख्य विषयवस्तु बनाइएको फिल्म धादिङको नीलकण्ठ नगरपालिका भित्रका विभिन्न पर्यटकीय ठाउँहरू र मुस्ताङको मुक्तिनाथ मन्दिरमा छायांकन गरिनेछ।प्रदीप जिसी, विश्व देवकोटा, रवी भट्टराई, प्रकाश ढकाल सहायक निर्माता रहेको फिल्ममा सन्तोष काफ्लेको कथा रहेको छ।

फिल्ममा शितल केसी, सुवास अर्याल, दिप्ती तामाङ, विशाल लिम्बू, प्रतिभा ढकाल, सबिता अर्याललगायतका कलाकारको अभिनय रहनेछ ।    फिल्ममा विश्व देवकोटाको गीत, वसन्त सापकोटाको संगीत, मेलिना राई, वसन्त सापकोटा, राज सिग्देलको स्वर रहनेछ।फिल्म इन्जोए मुभिज र यूनिक मिडिया नेटवर्कको संयुक्त व्यानरमा बन्नेछ।
फिल्म निर्देशक जिसीले फिल्ममा समाजमा भएको हत्या, हिंसा, बलात्कारको घटनालाई यथार्थ रूपमा देखाउने बताए।फिल्मको विषयवस्तु र लागतको धादिङबेसीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो।निर्देशक जिसीका अनुसार कुल ३० लाख रुपैंयाँको लागतमा निर्माण हुने फिल्मको छायांकन अवधि एक महिना रहनेछ।

 

प्रकाशित: २८ जेष्ठ २०७६ ०२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App