१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

असोजबाट रेल गुड्ने

काठमाडौं - आगामि असोजबाट नेपालमा पहिलो पटक डिजेलले चल्ने रेल गुड्ने भएको छ। रेलवे विभागले आगामी असोजबाट जयनगर–जनकपुर–कुर्था गुड्ने ३५ किमि रेल गुडाउने अन्तिम तयारी पूरा गरेको छ। नेपालमा भएको एउटै जनकपुर–जयनगर रेल छ वर्षदेखि पूर्ण रूपमा बन्द थियो।

यसका लागि विभागले ८५ करोडमा दुई वटा आधुनिक रेल खरिद गर्न भारतको कोनकोन रेल्वे करपोरेसनसँग सम्झौता गरेको छ। सम्झौताअनुसार तीन महिनापछि उक्त दुई रेल जनकपुर आइपुग्ने विभागका महाप्रकन्धक वलराम मिश्रले बताए। उनका अनुसार एउटा रेलमा एक हजार २ सय मान्छे अटाउँछन्। ‘अब असोजबाट ३५ किमि दूरीमा रेल गुड्नेछ। त्यसका लागि सबै काम पूरा गरेका छौ्र,’ मिश्रले भने।

रेलवे विभागले आगामी असोजबाट जयनगर–जनकपुर–कुर्था गुड्ने ३५ किमि रेल गुडाउने अन्तिम तयारी पूरा गरेको छ। नेपालमा भएको एउटै जनकपुर–जयनगर रेल छ वर्षदेखि पूर्ण रूपमा बन्द थियो।

जनकपुर–जयनगर दूरीमा चल्दै आएको रेल २०७० देखि पूर्ण रूपमा बन्द छ। २०७० यता नेपालमा रेलका बारे धेरै चर्चा भए पनि देखिने गरी भएको काम भने न्यून छ। आर्थिक वर्ष २०७५÷७६ को बजेटमा रेलका लागि सरकारले ७ अर्ब ७० करोड बजेट विनियोज गरको छ। चालू आर्थिक वर्षमा करिब ४ अर्ब रुपैयाँ रेलका लागि छुट्टयाइएको थियो। सरकारले २०७० देखि नै हरेक वर्ष रेलका लागि बजेट छुट्टयाउँदै आएको छ।

जयनगर–जनकपुर–कुर्था रूटमा चल्ने रेल डिब्बासहतिका आधुनिक हुनेछ। सो रुटमा करिब ३ किलोमिटर क्षेत्र भारतमा पर्छ भने बाँकी ३२ किलोमिटर नेपालमा पर्छ। रेल सञ्चालनमा आएको ६ महिनापछि १७ किलोमिटर दूरी बढाइने छ। त्यसपछि रेल महोत्तरीको विजरापुरसम्म पुग्नेछ। आगामी तीन न्वर्षमा जनकपुर–कुर्था बर्दीबासम्म ७० किमिसम्म रेल चल्ने मिश्रले बताए।

भारतको वथहना–जोगवनी, विराटनगर रूट करिब ८ किमि दूरीमा रेल गुडाउने गरी सबै तयारी पूरा भएको विभागले जनाएको छ। मिश्रका अनुसार सो तयारी यात्रु ओसार्नका लागि भन्दा मालसामान ओसार्ने प्रयोजनका लागि हुनेछ। यस कामका लागि टेण्डर आह्वान समेत भइसकेको मिश्रले जनाए।

सरकारले पूर्व पश्चिम (मेची–महाकाली) ९ सय ४५ किमि (लिंकसहित १ हजार ४७) किमि दूरीमा रेल सञ्चालन गर्ने योजना बनाएको छ। सो रूटअन्तर्गत जयनगर, जनकपुर बर्दिवास पर्छ। विभागका अनुसार मेची महालकाली रेल सञ्चालन गर्न निर्माण कार्यमा कुनै अवरोध नभई निरन्तर काम भए कम्तीमा १० वर्ष लाग्छ। त्यसका लागि ८ खर्ब रुपैयाँ खर्च हुने अनुमान रेलले विभागका छ।

विभागका अनुसार १ किमि रेल सञ्चालनका लागि ९० करोड रुपैयाँ लाग्छ। यसमा जग्गा अधिग्रहणको मुआब्जमा पछि पर्छ। विभागले २० वर्षभित्र नेपालको ३ हजार किमि दूरीमा रेल गुडाउने योजना बनाएको छ। यसका लागि करिब ३० खर्ब रुपैयाँ खर्च हुने विभागको अनुमान छ। काठमाडौं–रक्सौल रूटमा पनि रेल गुडाउन योजना सरकारको छ। यसका लगि पूर्वअध्ययन पू्रा भएको र डिपिआर तयार हुन बाँकी रहेको विभागले जनाएको छ। बहुचर्चित केरूङ–काठमाडौं ७२ किमि दूरीमा रेल गुडाउन पूर्वअध्ययनको काम पूरा भएको विभागले जनाएको छ। एक डेढ वर्षभित्रै चीन सरकारको सहयोगमा विस्तृत अध्यन सुरु गरिने मिश्रले जनाए।

प्रकाशित: २८ जेष्ठ २०७६ ०२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App