१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गुठी विधेयक खारेजीको माग गर्दै राजधानीमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं– सरकारले एकतर्फीरुपमा ल्याएको गुठी विधेयक खारेजीको माग गर्दै राजधानी काठमाडौंमा प्रदर्शन चर्किएको छ।

आइतबार माइतीघर मण्डलामा गुठी संरक्षण अभियन्ताले प्रदर्शन गर्दा सरकारी पक्षबाट भएको दमनको चर्काे आलोचना भइरहेका बेला सोमबार पनि ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका छन्। 

गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको सरकारले संसदमा दर्ता गराएको विधेयक फिर्ता तथा खारेजीको माग गर्दै आन्दोलनकारीले सोमबार असन इन्द्र चोकमा जम्मा भएर विरोध प्रदर्शन गरेका छन्। उनीहरुले विधेयक फिर्ता गरेर सांस्कृतिक धरोहरको संरक्षण गर्न माग गर्दै नाराबाजी गरेका थिए। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App