१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

महिला विश्वकप फुटबलकाे राशी पुरुष विश्वकपको ७.५ प्रतिशत मात्र

काठमाडौं– ७ जुन देखि फ्रान्समा महिला विश्वकप फुटबल चलिरहेको छ। जारी विश्वकपमा २४ देश सहभागी छन्। ७ जुलाईमा सम्पन्न हुने यो प्रतियोगिताको राशी भने पुरुष विश्वकप फुटबलको तुलनामा ७.५ प्रतिशत मात्र रहेको छ। महिला विश्वकपको राशी ३ करोड डलर रहेको छ जबकी २०१८ मा सम्पन्न पुरुष विश्वकप फुटबलको राशी ४० करोड डलर रहेको थियो।

तुलनात्मक रुपमा भने महिला विश्वकपको राशी यसपटक बढाइएको हो। यसअघि महिला विश्वकपको राशी १.५ करोड डलर रहेको थियो। 

जारी महिला विश्वकपमा सहभागी टिमहरूमा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यामरून, क्यानडा, चिली, चाइना, इङ्गल्याण्ड, फ्रान्स, जर्मनी, इटली, जमाइका, जापान, काेरिया, नेदरल्याण्ड, न्युजिल्याण्ड, नाइजेरिया, नर्वे, स्कटल्याण्ड, दक्षिण अफ्रिका, स्पेन, स्वीडेन, थाइल्याण्ड र युएसए रहेका छन्।

प्रकाशित: २७ जेष्ठ २०७६ ११:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App