शेयर बजार ओरालो

सोमबार, २७ जेठ २०७६, १६ : २३ नागरिक

काठमाडाैं– शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.७८ अङ्कले घटेर एक हजार २७५.८२ अङ्कमा पुगेको छ।

त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.४३ बिन्दुले घटेर २७२.४६ अङ्कमा झरेको छ। स्टकका अनुसार कूल १७३ कम्पनीको २० लाख ७२ हजार १८२ कित्ता शेयर ६१ करोड तीन लाख १२ हजार १३ रुपैयाँ मूल्यमा खरीद बिक्री भए। स्टकका अनुसार आज कारोवार भएका ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर मात्र बढेको छ।

विकास बैंक ४.४७, उत्पादन १५.५५ र म्युचुअल फण्ड ०.०७ बिन्दुले बढेको छ। त्यसैगरी बैङ्किङ ५.६१, होटल ३४.०६, जलविद्युत् १६.२९, वित्त ७.४९, निर्जीवन बीमा १२४.३८, अन्य ६.६१, लघुवित्त ११.४९ र जीवन बीमा ६२.४३ बिन्दुले घटेको छ। स्टकका अनुसार आज एनआइसी एसिया बैंकको चार करोड १८ लाख ५९ हजार ७८ रुपैयाँ मा कारोवार भई शीर्ष स्थानमा रहे। यस्तै शिवम् सिमेन्ट तीन करोड ९० लाख ५० हजार ४३५ रुपैयाँ, सिद्धार्थ बैंक लिमिटेड तीन करोड तीन लाख ९२ हजार ९२७ रुपैयाँ, नेपाल बैंक लिमिटेड दुई करोड ५५ लाख ४० हजार ९७१ रुपैयाँ र नविल बैंक लिमिटेड संस्थापक शेयर एक करोड ९५ लाख ५६ हजार ३०४ रुपैयाँमा कारोवार भई शीर्ष स्थानमा रहे।

वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड वित्तीय संस्थाका शेयरधनीले ७.६१ प्रतिशतले कमाए। यस्तै हिमालयन डिस्टिलरी लिमिटेड ४.९६, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड ४.६४, युनाइटेड मोदी हाइड्रोपावर ४.४६ र ज्योति विकास बैंक लिमिटेडका शेयरधनीले २.६० प्रतिशतले कमाए। स्टकका अनुसार तारागाउँ रिजेन्सी होटल लिमिटेड ७.३३, रिलायन्स फाइनान्स लिमिटेड ६.२५, युनिभर्सल पावर कम्पनी लिमिटेड ६.१२, एभरेष्ट इन्स्योरेन्स् कम्पनी लिमिटेड ५.१४ र उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ४.७८ प्रतिशतले गुमाए। रासस







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad