१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

९० किलो गाँजा बरामद

मुग्लिन – चितवनमा प्रहरीले ९० किलो गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यको नेतृत्वमा खटिएको टोलीले पूर्वी चितवनको राप्ती नगरपालिका–१२ परखाल भन्ने ठाउँबाट गाँजा बरामद गरेको हो।

विशेष सुराकीका आधारमा सो परिमाणको गाँजा बरामद गरिएको प्रहरी निरीक्षक आचार्यले बताए। गाँजा बोक्ने भने फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको निरीक्षक अचार्यले जानकारी दिए। इलाका प्रहरी कार्यालय भण्डाराले गाँजा तस्करविरुद्धको अभियानलाई जारी राखेको छ।

गएको वैैशाखदेखि अहिलेसम्म विभिन्न समयमा ३५० केजी गाँजा बरामद गरी नष्ट गरिएको प्रहरी निरीक्षक आचार्यले बताए। यसअघि राप्ती नगरपालिका–२ हुमपुङ भन्ने स्थानबाट पानी ट्याङ्कीभित्र लुकाइछिपाइ राखेको अवस्थामा गाँजा भेटिएको थियो। प्रहरीको सक्रियता बढेपछि तस्कर गर्न नसकेपछि गाँजा त्यसै छोडेर जाने गरेको निरीक्षक आचार्यले बताए।
 
आचार्यका अनुसार धादिङ र मकवानपुरको सिमाना पर्ने विकट बस्तीमा लुकीछिपी गाँजा खेती तथा तस्कर बढी हुन्छन्। विकट बस्तीका कारण प्रहरीको पहुँच कम हुने यस ठाउँमा तस्करले गाँजाखेती गर्न लगाउने गरेको निरीक्षक आचार्यको भनाइ छ।(रासस)

 

प्रकाशित: २७ जेष्ठ २०७६ ०७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App