१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

दक्षिण अफ्रिका र वेस्ट इण्डिज भिड्दै

काठमाडौं– एकदिवसीय विश्वकपको आजको खेलमा दक्षिण अफ्रिका र वेस्ट इण्डिज भिड्दै छन्। खेल साउथह्याम्स्टनमा नेपाली समयअनुसार दिउँसाे ३ः१५ बजे सुरू हुने छ।

जारी विश्वकपमा ३ खेल खेलेको दक्षिण अफ्रिकाले सबै खेल गुमाएको छ भने २ खेल खेलेको वेस्ट इण्डिजले १ जित र १ पराजय भोगेको छ। वेस्ट इण्डिजले यसअघि अस्ट्रेलियासँग पराजय र पाकिस्तानमाथि जित निकालेको थियो। त्यस्तै दक्षिण अफ्रिकाले भारत, बंगलादेश र इङ्ग्ल्याण्डसँग पराजित भएको थियो।

यी टोलीहरुले ६१ एकदिवसीय खेल खेलका छन, जसमा दक्षिण अफ्रिकाले ४४ खेल जित्दा वेस्ट १५ खेल जितेको छ। त्यस्तै २ खेल नतिजाबिहीन भएको थियो। त्यसो त इङ्ग्ल्याण्डको मैदानमा अहिलेसम्म दक्षिण अफ्रिकासँग वेस्ट इण्डिज पराजित भएको छैन। त्यस्तै यी टोलीबीच भएको पछिल्ला ५ खेलमा दक्षिण अफ्रिकाले ३ र वेस्ट इण्डिजले १ जित निकालेको छ।

प्रकाशित: २७ जेष्ठ २०७६ ०६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App