१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सर्लाहीका स्थानीय तहलाई पाँच अर्ब

सर्लाही – संघीय सरकारले सर्लाहीका स्थानीय तहलाई पाँच अर्ब सात करोड १६ लाख बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७६÷७७ का लागि अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा सर्लाहीका २० स्थानीय तहलाई उक्त रकम विनियोजन गरिएको हो ।

गत वर्ष चार अर्ब ६९ करोड ६० लाख पाएका सर्लाहीका स्थानीय तहमा यस वर्ष ३७ करोड ५६ लाख बढी बजेट निकासा भएको छ । जिल्लास्थित २० स्थानीय तहलाई वित्तीय समानीकरण र सशर्त अनुदान शीर्षकमा उक्त बजेट छुट्याइएको छ ।

जिल्लास्थित ११ नगरपालिकाले वित्तीयय समानीकरणतर्फ एक अर्ब ५६ करोड १३ लाख तथा सशर्त अनुदानतर्फ एक अर्ब ८६ करोड ६४ लाख गरी तीन अर्ब ४२ करोड ७७ लाख पाउने भएका छन् । त्यस्तै नौ गाउँपालिकाका लागि वित्तीय समानीकरणतर्फ ८६ करोड ७६ लाख तथा सशर्त अनुदानतर्फ ७७ करोड ६३ लाख गरी एक अर्ब ६४ करोड ३९ लाख छुट्याइएको छ ।

११ नगरपालिकामध्ये लालबन्दीले सबैभन्दा बढी ४३ करोड ४२ लाख तथा सबैभन्दा कम हरिपूर्वा नगरपालिकाले २० करोड ७४ लाख पाउने भएको छ । त्यस्तै नौ गाउँपालिकामध्ये ब्रम्हपुरीले सबैभन्दा बढी २१ करोड ८४ लाख तथा सबैभन्दा कम बसबरियाले १५ करोड २८ लाख प्राप्त गर्ने भएको छ ।
जिल्लामा यो बाहेक केन्द्रीय योजनाअन्तर्गतका सडकलगायत विभिन्न निर्माण कार्य, संसदीय विकास कोष, निर्वाचन क्षेत्र विकास कार्यक्रमसहित प्रदेश र संघीय सरकारले सञ्चालन गर्ने योजनाको छुट्टै बजेट आउने बताइएको छ ।

प्रकाशित: २७ जेष्ठ २०७६ ०४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App