१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गाडी दुर्घटनामा एकजनाको मृत्यु

रौतहट – रौतहटमा भएको सवारी दुर्घटनाका घाइतेको मृत्यु भएको छ। शुक्रबार रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गको पहिलो लच्कानजिकै पूर्वबाट पश्चिम जाँदै गरेको ना४च ८३९४ नम्बरको पिक अप गाडी दुर्घटना भएको थियो।

सवार रहेका चारजनामध्ये दुईजना घाइते भएका थिए। घाइतेमध्ये बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ का महादेव सहनीको दाहिने खुट्टा भाँचिएको थियो भने करिब ४० वर्षीय वृजकिशोर साहको टाउको र पेटमा गम्भीर चोट लागेको थियो।

दुवैजनाको उपचार वीरगञ्जस्थित न्युरो अस्पतालमा गरिएकोमा उपचारकै क्रममा साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: २६ जेष्ठ २०७६ ०४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App