१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘आयोगको विज्ञापन समावेशी’

सोलुखुम्बु – सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले गरेको विज्ञापन समावेशी रहेको दाबी गरेका छन्। एक रेडियोको उद्घाटन गर्न सोलुखुम्बु आइपुगेका उनले लोकसेवाको विज्ञापनलाई लिएर कतिपयले उठाएको समावेशीकरणको सवाल उनीहरूले सोचेजस्तो नभएको जिकिर गरे। मन्त्री पण्डितले नेकपा नेतृत्वको सरकार सफल बन्दै गइरहेको समेत उल्लेख गरे। आर्थिक वृद्धिदरको आँकडाले पनि सफलता मापन गर्न सकिने तर्क उनको थियो।

उनले आगामी आर्थिक वर्षमा वृद्धिदरमा अझ सुधार आउने अपेक्षा राखे। प्रतिनिधिसभा सदस्य हेमकुमार राई ‘शूरवीर’, स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरलगायतको उपस्थिति रहेको उद्घाटनको अवसरमा सांगीतिक कार्यक्रमसमेत आयोजना गरिएको छ। कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल, गायिका कला राई, गायक हिमाल सागर, तेजेन्द्र गन्धर्व, रोशन राई, टेक नाछिरिङलगायतले आ–आफ्ना प्रस्तुति दिए।

प्रकाशित: २६ जेष्ठ २०७६ ०२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App