विगतमा सरकारमा जानु हाम्रो गल्ती थियो, अब सत्ता केन्द्रीत राजनीति कहिल्यै गर्दैनौंः थापा

शनिबार, २५ जेठ २०७६, २० : ३० संगम घर्तीमगर

बागलुङ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश लुट्न राष्ट्रिय सहमति भएको बताएका छन्। पार्टीको मेची महाकाली अभियान अन्तर्गत शनिबार बागलुङ भएको आमसभामा बोल्दै थापाले गणतन्त्रको स्थापनापछि देशमा सत्तापक्ष र प्रतिपक्षले मिलेर ब्रह्मलुट मच्चाएको आरोप लगाए। देशमा भ्रष्टचार बढदै जानुको कारण सरकारमा बसेका सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दुवैको राष्ट्रिय सहमति भएको उनको भनाई छ। ‘लोकतन्त्रको नाममा अहिले लुटतन्त्र मच्चिएको छ,’ उनले भने, ‘सत्तापक्ष र प्रतिपक्ष दुबैले मिलेर देश कंगाल बनाएका छन्। भ्रष्टाचारमा लिप्त भएका छन्।’ 

देशमा अनियन्त्रीत ढंगले भ्रष्टाचार बढ्दै गएको भन्दै राप्रपाले यसप्रति खबरदारी गरेको बताए। मुलुकमा हिन्दुराष्ट्रलाई मासेर डलरको लोभमा धर्म निरपेक्ष राष्ट्रको घोषणा गरिएको उनको भनाई छ। ‘मुलुकमा गणतन्त्र स्थापना भएको पनि १३ वर्ष पुग्यो थापाले भने, ‘गणतन्त्रलाई संस्थागत गर्ने नाममा प्राचीनकालदेखि कायम रहेको सनातन हिन्दु संस्कृतिलाई मासियो। डलरको लोभमा धर्म निरपेक्ष घोषणा गरेपछि अहिले धर्म परिवर्तनको चर्को रुप देखिएको छ।’ थापाले राष्ट्रघाति नागरिकता ऐन कार्यान्वयन गरेर लाखौं विदेशीलाई नागरिकता बाँडिनु लोकतन्त्र विपरित रहेको बताए।

युवाहरुलाई सामान्य रोजगारीको लागि अरबको खाँडी र मलेसियाको जंगलमा जान बाध्य पारिएको उनको भनाई छ। नेपालमा गरिबी र बेरोजगारका, भ्रष्ट्राचार, धर्म संस्कृति माथिको अतिक्रमण, राष्ट्र विखण्डनको खतरा, लोकतन्त्रको आवरणमा सर्वसत्तावादको खतरा मुख्य चुनौतीको रुपमा देखिएको थापाले बताए। जनआन्दोलन गर्ने र मुलुकको परिवर्तनका लागि बन्दुक बोक्नेहरु विदेशी मरुभूमिमा रगत पसिना बेच्न बाध्य छन,’ अध्यक्ष थापाले भने,‘ बन्दु बोक्ने खाडीमा बोकाउनेहरु अर्बपति र चिल्ला गाडीमा छन्। यसै यथार्थ बाहेक मुलुकमा कुनै पविर्तन हुन सकेको छैन।’ राप्रपाले अघि सारेको मध्यमार्गी धार राजसंस्था सहितको लोकतन्त्र र सनातन हिन्दुराष्ट्र स्थापनाको लागि अब गाउँगाउँमा बहस चलाउन जरुर रहेको बताए। 

‘हामी देशमा शान्ति नपाउने हो भने, रोजगारी नपाउने हो भने, अब राजसंस्था र हिन्दुराष्ट्र यी दलहरुसंग फिर्ता माग्नुपर्छ,’ उनले भने, ‘अहिले विप्लवको नाममा जे जस्तो गतिविधि भैरहेको छ। त्यसले अहिले सरकार सञ्चालन गरेका र प्रतिपक्षमा भएका दलहरु असफल भएको स्पष्ट छ। उनीहरुले जनतासंग माफी मागेर राजसंस्था र हिन्दुराष्ट्र फर्काउनुपर्छ।’ उनले विगतमा केही समयमा सरकारमा जानु पार्टीको गल्ती भएको औलाउँदै राप्रपाले अब सत्ता केन्द्रित राजनीति कहिल्यै नगर्ने समेत उल्लेख गरे। 







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad