१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

साताको शेयर बजारः दुई अर्ब ७५ करोडको कारोवार

काठमाडाैं– धितोपत्र बजारमा यस साता दुई अर्ब ७५ करोड ६२ लाख ९८ हजार १५२ रुपैयाँ बराबरको शेयर कारोवार भएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७२ कम्पनीको ८३ लाख ६६ हजार २५५ कित्ता शेयर कारोवार भए। कारोवार मापक नेप्से परिसूचक २१ विन्दुले घटेको छ। साताको पहिलो दिन एक हजार ३०५.६८ बिन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिन एक हजार २८४.५९ बिन्दुमा झरेर बन्द भयो।

साताको पहिलो दिन शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो। सो दिन नेप्से परिसूचक १३.७९ बिन्दुले घटेर एक हजार ३०५.६८ अङ्कमा झ-यो। स्टकका अनुसार सो दिन कूल १६६ कम्पनीको २० लाख ७८ हजार ९१ कित्ता शेयर ७५ करोड ३२ लाख ५७ हजार २०९ रुपैयाँ मूल्यमा खरीद बिक्री भए।

यस्तै दोस्रो दिन, कारोवार मापक नेप्से परिसूचक १२.८४ बिन्दुले घटेर एक हजार २९२.८४ अङ्कमा झ-यो। एक हजार तीन सय बिन्दु माथि पुगेको बजार घटेर एक हजार दुई सयको बिन्दुमा झ-यो। सो दिन कूल १७१ कम्पनीको २१ लाख ७६ हजार ३७० कित्ता शेयर ६९ करोड ८७ लाख ३९ हजार ७०६ रुपैयाँ मूल्यमा खरीद बिक्री भए।

यस्तै साताको तेस्रो दिन पनि कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो। सो दिन मापक नेप्से परिसूचक ३.५६ बिन्दुले घटेर एक हजार २८९.२८ अङ्कमा पुग्यो। स्टकका अनुसार कूल १७२ कम्पनीको २२ लाख ५२ हजार ५४६ कित्ता शेयर ७१ करोड ५४ लाख ७८ हजार ६१२ रुपैयाँ मूल्यमा खरीद बिक्री भए।

बुधबार भने सार्वजनिक बिदा परेका कारण शेयर बजार पनि बन्द रह्यो। बिहीबार पनि कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो। सो दिन नेप्से परिसूचक ४.६९ बिन्दुले घटेर एक हजार २८४.५९ अङ्कमा झ-यो। सो दिन कूल १७२ कम्पनीको १८ लाख ५९ हजार २४८ कित्ता शेयर ५८ करोड ८८ लाख २२ हजार ६२५ रुपैयाँ मूल्यमा खरीद बिक्री भए। रासस

प्रकाशित: २५ जेष्ठ २०७६ १०:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App