१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

बफेलो विङ्स

अमेरिकाको बफेलोबाट उत्पत्ति भएको हो, बफेलो विङ्स। सो विङ्स १९६४ मा न्युयोर्कस्थित बफेलोमा रहेको एन्कोर बारमा उत्पत्ति भएको मानिन्छ। यसको निर्माताका रूपमा टेरेसा बेलिसिमोको नाम अघि आउँछ।

अचेल नेपाली रेस्टुराँमा समेत बफेलो विङ्स पाइन्छ, जुन लाइट मिल वा बार फुडका रूपमा चर्चित बन्दै छ। डिप फ्राइ गरिएको विङ्सलाई ससमा डुबाउने वा ससमा म्यारिनेट गरेर सर्भ गरिन्छ। यो ससमा भिनेगर बेस्ड पिपर र मेल्टेड बटर हालिएको हुन्छ। यो तात्तातै सर्भ गरिन्छ। विङ्ससँगै ग्रीन सलाद सर्भ गरिन्छ। विङ्ससँग पिजा तथा मम पनि सुहाउँदो डिस हो।

काठमाडौंमा चिकेन खानाका परिकार पस्कने क्रममा ‘हाउस अफ विङ्स’ले रेस्टुरेन्ट सञ्चालनमा आएको छ, जहाँ १० थरीको विङ्स पाइन्छ। झोंछेमा रेस्टुरेन्ट खुलेको दुई महिनामा ग्राहक संख्या उत्साहप्रद रहेको रेस्टुरेन्ट सञ्चालक आयुशा श्रेष्ठ बताउँछिन्।
कुनै बेलाको हिप्पीहरूको केन्द्र थियो झोंछे। त्यहाँ खुलेको हाउस अफ विङ्समा विङ्सबाहेक राइस बाउल, हाउस ब्रेड पिजा, मःमः बढी मन पराइने डिस भएका छन्। रेस्टुराँले ग्राहकको स्वास्थ्यमा विशेष ख्याल राख्ने गरेको  छ।

‘गुगल रिभ्युमा ग्राहकको राम्रो रेस्पोन्स आइरहेको छ,’ श्रेष्ठले भनिन्, ‘हामीले जुन टेस्ट दिन खोजेका थियौं त्यसमा सफल भएका छौं। अबका दिनमा टेस्ट र क्वालिटीको कन्सिस्टेन्सीलाई मेन्टेन गर्नुछ।’ ग्राहकको स्वास्थ्यप्रति सचेत रहेको उनले जनाइन्, ‘हेल्थ इज वेल्थ।’ उनी अध्ययनका लागि अमेरिका पुगेकी थिइन्। फर्केर नेपाल आइन्। परिवारसँग रेस्टुरेन्ट चलाउने सल्लाह भयो। उनले विशेष खानामा फोकस गर्ने सोच बनाइन्। र, विङ्सलाई फोकस गरेर रेस्टुराँ खोलिन्।

 

प्रकाशित: २५ जेष्ठ २०७६ ०५:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App