१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आज महासंघको हातेसाङ्लो जुलुस

काठमाडौं – नेपाल पत्रकार महासंघले शनिबार (आज) दिउँसो साढे २ बजे बबरमहलमा सञ्चारकर्मीको बृहत् हातेसाङ्लो जुलुस प्रदर्शन गर्ने भएको छ। सरकारले संसद्मा पेस गरेको मिडिया काउन्सिल विधेयकको विरोधमा दोस्रो चरणको आन्दोलनअन्तर्गत सो जुलुस प्रदर्शन गर्न लागिएको हो।

‘विधेयकको विरोधमा दबाब दिन बृहत् हातेसाङ्लो जुलुस प्रदर्शन गर्न लागिएको हो,’ महासंघका महासचिव रमेश विष्टद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ। विरोध प्रदर्शनमा सक्रिय रूपमा सहभागी हुन आमसञ्चारकर्मी, पेसागत संघसंगठन, नागरिक समाज र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई आग्रह गरिएको छ।

पत्रकार महासंघ केन्द्रको निर्देशनअनुसार प्रदेश, जिल्ला शाखाहरू पनि आन्दोलित छन्। शनिबार प्रदेश राजधानी र जिल्ला सदरमुकाममा पनि आतेसाङ्लो प्रदर्शन गर्ने कार्यक्रम छ। विधेयकको विरोधमा दोस्रो चरणको अन्तिम कार्यक्रम राखेको महासंघले सरकारलाई दबाब दिन यसअघि विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो। सरोकार पक्षसँग छलफलदेखि प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्षका साथै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई भेटी विधेयकमा समेटिएका विषयमा ध्यानाकर्षण गराएको थियो।

प्रकाशित: २५ जेष्ठ २०७६ ०१:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App