१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

न्युजिल्यान्डको लगातार दोस्रो जित

लन्डन – बंगलादेशको यादगार जितलाई रोक्ने क्रममा न्युजिल्यान्डले बुधबार इङ्ल्यान्डको ओभलमा सम्पन्न खेलमा दुई विकेटको साँघुरो विजय आत्मसात् गरेको छ। साबिकको उपविजेता न्युजिल्यान्डले आठ विकेटको क्षतिमा २ सय ४५ रनको मध्यम लक्ष्य १७ बल अगावै पूरा गर्दै विश्वकपमा लगातार दोस्रो जित आत्मसात् गरेको हो। यसअघि पहिलो खेलमा न्युजिल्यान्डले श्रीलंकामाथि १० विकेटको फरालिको जित निकालेको थियो। मध्यम लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डका रोस टेलरले सर्वाधिक ८२ रनको योगदान दिए। यद्यपि, जितनजिक पुग्दा न्युजिल्यान्डले निकै संघर्ष गर्नुपरेको थियो।

न्युजिल्यान्डलाई दोस्रो सफलताका लागि २७ रन आवश्यक हुँदा लगातार तीन विकेटको पतन हुन पुग्यो। तर, मिचेल सान्टनरले १७ रन र लक्की फर्गुसनले ४ रनको अविजित इनिङ खेलेपछि न्युजिल्यान्ड सुखद यात्रालाई जारी राख्न सफल भयो। न्युजिल्यान्डका तीव्र गतिका बलर म्याट हेनरीले चार विकेट लिँदा बंगलादेश निर्धारित ५० ओभरभन्दा चार बलअगावै २ सय ४४ रनमा समेटिएको थियो। तर, जबाफी ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले पनि संघर्ष नै गर्नुप¥यो। टेलरले अर्धशतकीय योगदान दिएपछि बंगलादेश दोस्रो पटक यादगार सफलता प्राप्त गर्न असफल रह्यो। जितपछि न्युजिल्यान्डका कप्तान केन विलिम्सनले ब्याटिङमा निकै संघर्ष गर्नुपरेको स्वीकार गरे। ‘बलिङमा हामीले राम्रो ग¥यौं,’ न्युजिल्यान्डका कप्तान विलियम्सनले भने, ‘२ सय ५० रनको लक्ष्य पूरा गर्न पनि निकै संघर्ष गर्नुप¥यो। केही ब्याट्सम्यान सस्तैमा आउट हुँदा समस्या उत्पन्न भए पनि टेलरले राम्रो गरे।’

बंगलादेशका तीव्र गतिका बलर मोहमद सैफुद्दिन र स्पिनर मोसादेक हुसेनले समान दुई विकेट लिँदै आफ्नो टोलीलाई जितको आशा जगाएका थिए। अर्का स्पिनर मेहदी हसनले कप्तान विलियम्सनलाई ४० रन र टम लाथमलाई खाता नखोल्दै पवेलियनको बाटो देखाएका थिए। सकिब अल हसनले पनि एकदिवसीयमा क्रिकेटमा दुई सय विकेट पूरा गर्ने क्रममा बुधबार यादगार बलिङ गरे। अलराउन्ड प्रदर्शन गरेका सकिब अल हसनले अर्धशतक प्रहारसँगै २ विकेट पनि लिए। हसनले न्युजिल्यान्डका ओपनरद्वय मार्टिन गुप्टिललाई २५ र कोलिन मुनरोलाई २४ रनमा आउट गर्दै बंगलादेशलाई राम्रो सुरुआत दिलाएका थिए। तर, तेस्रो विकेटका लागि विलियम्सन र टेलरले १ सय ५ रनको साझेदारी गर्दै इनिङ उकासे। बंगलादेशले थप ६५ रन जोड्ने क्रममा पछिल्ला ६ विकेट नै गुमाएको थियो। बंगलादेशको इनिङ धराशयी बनाउन न्युजिल्यान्डका तीव्र गतिका बलर हेनरीले ४ विकेट लिँदा ४७ रन खर्चिएका थिए।  

तर, सकिब अल हसनले ६८ बलमा ६४ रन बनाउँदै इनिङ उकासेका थिए। उसका तल्लो क्रमका ब्याट्सम्यान सैफुद्दिनले २९ बलमा २३ रन बनाउँदा बंगलादेशले मध्यम योगफल बनाएको थियो। तर, त्यो जितका लागि पर्याप्त भएन। सोही दिन पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले स्तब्ध बनाउँदै तेस्रो हार बेहोर्न बाध्य बनायो। दक्षिण अफ्रिकाले लगातार तेस्रो हार बेहोर्दा भारतले भने पहिलो खेलमै जित निकाल्दै विश्वकपमा राम्रो सुरुआत गरेको छ। दक्षिण अफ्रिकाले लगातार तेस्रो हार बेहोर्दा भारतले भने पहिलो खेलमै जित निकाल्दै विश्वकपमा राम्रो सुरुआत गरेको छ।

 

प्रकाशित: २४ जेष्ठ २०७६ ०५:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App