कैलाली-कञ्चनपुर हावाहुरी अपडेट

२ जनाको ज्यान गयो, ९९ घाइते

शुक्रबार, २४ जेठ २०७६, ०९ : ०९ दिलबहादुर छत्याल

धनगढी - सुदुरपश्चिम प्रदेशको कैलाली र कंचनपुरमा बिहिवार राति ८ बजेतिर आएको भीषण हावाहुरीका कारण २ जनाको मृत्यु भएको छ भने ९९ जना घाइते भएका छन्। कैलालीको टिकापुर नगरपालिका वडा नम्बर–२ पोल्ट्र स्थित फर्मको पर्खाल भत्किदा स्थानीय लाहनु डगौराको मृत्यु भएको र गोेदावरी नगरपालिका वडा नम्बर–८ जमुनाभाडीका ३१ बर्षे बिरबहादुर चौधरीको मृृत्यु भएको जिल्ला पहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश बहादुर डागीले बताए।

चौधरीले चलाई रहेको से १ प ५८२१ नम्रको मोटरसाइकल हावाका कारण अनियन्त्रित भई बा.३ प ३८३६ नम्बरको टिप्पर संग ठोक्किदा मृत्यू भएको उनले बताए। कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बोहराका अनुसार कैलालीमा ७६ जना घाइते भएका छन। गंभिर घाइते भएका २ जनालाई कोहलपुर र २ जनालाई भारत रेफर गरिएको छ। बाँकीको कैलालीकै पदमा र सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

६६ जना उपचार पछि घरफर्केका छन। यसैगरि कंचनपुरमा २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी उपरिक्षक दिनेश आर्चायले बताएका छन। २३ जना मध्य १५ जना घर फर्किसकेका छन भने ८ जनाको सेती अंचल अस्पतालमा भर्ना गरिएको छ भने।

हावाहुरीले सयाैं रुख ढलेर ठाउँठाउँमा सडक अवरुद्ध भएको छ। दर्जनौ बिद्युत पोल ढलेका छन्। बिहिवार रातिदेखि यस कैलाली र कंचनपुरमा बिद्युत अवरुद्ध भएको छ। यसैगरि दर्जनौ कच्ची घर भत्केका छन् भने दर्जनौ जस्ताले छाएका छत उडाएको छ। 

शिक्षण संस्था बन्द 

हावाहुरीले बिद्यालयहरुमा क्षति भएका कारण शुक्रबार कैलाली तथा कंचनपुरका अधिकांस बिद्यालयहरु समेत बन्द रहेका छन्। बिहानै बिद्यालय गएका बिद्यार्थीहरु बिद्यालय बन्द भएपछि फर्केका थिए। बिद्यालयमा क्षति कारण पठनपाठन गर्ने अवस्था नभएपछि बिद्यार्थीहरुलाई घर फर्काइएको छ। बिद्युत नभएपछि कैलाली कंचनपुरबाट निस्कने २ दर्जन भन्दा बढी स्थानीय पत्रपत्रिकाहरु प्रकाशित हुन सकेका छैनन्। अधिकांस एफएम रेडियोहरु पनि बन्द अबस्थामा रहेका छन्।  हावाहुरीले धेरै ठाउँमा क्षति पु¥याएकाले बत्ति बन्न समय लाग्ने बिद्युत प्राधिकारणले जनाएको छ।

इलाका प्रहरी कार्यालय सुख्खड, पहलमान प्रहरी चौकी, धनगढी राजपुर प्रहरी विट र वडा प्रहरी कार्याल धनगढीमा हावाहुरीले क्षेति पु-याएको छ। यस्तै हावा हुरीले सुदूरपश्चिम प्रदेश स्थित सामाजिक विकास मन्त्रीको निजी निवासमा पनि क्षति भएकोे छ। यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीमा पनि सामान्य क्षति पु¥याएको प्रहरी निरिक्षक डागीले बताए।

प्रहरीका अनुसार हावा हुरीबाट भएको भौतिक क्षेतिको विवरण आउन बाँकी छ। हावा हुरीका कारण कैलालीमा मात्रै कराडौंको भौतिक क्षति भएको हुन सक्ने आँकलन गरिएको छ।





यसमा तपाईको मत

अन्य समाचार

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

Ncell Footer Ad