१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

काठमाडौंमा पनि भीषण हावाहुरी

काठमाण्डौ - काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा पनि शुक्रबार बिहानै भीषण हावाहुरी चलेको छ। हावाहुरीसँगै वर्षा पनि भएको छ। बिहान साढे ४ बजेबाट सुरु भीषण हावाहुरी र वर्षा एक घण्टाभन्दा बढी सयमयसम्म आएको थियो। अहिले भने रोकिएको छ।

यसअघि सुदूरपश्चिम र मध्यपश्चिमका केही ठाउँमा बिहीबार राति ठूलो हावाहुरी र वर्षा भएको थियो। हावाहुरीले रुख तथा बिजुलीको खम्बा ढलाउँदा तथा घरको छाना उडाएको छ भने दुई जनाले ज्यान समेत गुमाएका छन्। सयौं घाइते भएका छन्। क्षतिको यकिन विवरण भने संकलनको काम भइरहेको प्रहरीको भनाई छ। प्रिमनसुनको समयमा वर्षासँगै हावाहुरी चल्ने भएकाले सतर्क हुन मौसमविदको सुझाव छ।

प्रकाशित: २४ जेष्ठ २०७६ ०१:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App