१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, एकको मृत्यु, ३७ जना घाइते (फाेटाे फिचर)

धनगढी– सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा बिहिवार साँझ ८ बजेतिर आएको भीषण हावाहुरीले मानवीय क्षति हुनुको साथै ठुलो क्षति भएको छ। हावाहुरीले रुख, विद्युतका पोल, पर्खाल र घरका छानासमेत उडाएको छ।

संकलन भएको प्रारम्भिक क्षतिको विवरण अनुृसार कैलाली र कञ्चनपुरमा करिब ३७ जना घाइते भएको सुदुृरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुरज केसीले बताएका छन्। उनका अनुसार एक जनाको ज्यानसमेत गएको छ। कयौंको घरको जस्ता पाता उडाएको छ भने धेरैका पर्खाल भत्केका छन्।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी दिनेश आचार्यका अनुसार कञ्चनपुरमा मात्रै २२ जना घाइते छन्। उनीहरूकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ। कञ्चनपुरमा हावाहुरीले अधिकांश ठाउँमा ठूलाे क्षति पुर्याएकाे उनले बताए। 

कैलाली र कञ्चनपुरमा पछिल्लो धेरैबर्ष यताकै सवैभन्दा ठुृलो हावाहुरी आएको स्थानीयले बताएका छन्। यसैगरी धनगढीका तेजबहादुर खड्काले अहिलेसम्म यती ठुलो हावाहुरी नदेखको बताएका छन्। उनी भन्छन,–‘मैले आफ्नो घर पनि जोगाउँन सकिन।’ हावाहुरीका कारण गम्भीर घाइते भएका ७ जना सेती अञ्चल अस्पताल, २ जना धनगढीको निसर्ग र ८ जना महाकाली अञ्चल अस्पतालमा भर्ना भएको डिआईजी केसीले बताए।

यसैगरी नेपाल प्रहरीको संघीय ईकाई कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत हावाहुरीले क्षति पुगेको उनले बताए। कच्ची घरका पर्खाल, जस्तापाताका छत उडाएको प्रहरीले जनाएको छ। कति क्षति भएको भनेर पुर्ण विवरण आउन बाँकी रहेको उनले बताए।ठाउँ ठाउँमा विजुलीका पोल र रुखहरु ढलेर सडक र विद्युत अबुरुद्ध भएको छ। हावाहुरीसँगै आएको पानी अधिकांशको घरमा पसेको स्थानीयले बताएका छन्। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App