१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा १६ घाइते

धनगढी– सुदुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा बिहिवार साँझ ८ बजेतिर आएको भीषण हावाहुरीले ठुलो क्षती गरेको छ। हावाहुरीले रुख, विद्युतका पोल, पर्खाल र घरका छानासमेत उडाएको छ।

संकलन भएको प्रारम्भिक क्षतीको विवरण अनुृसार कैलाली र कञ्चनपुरमा करिब १६ जना गम्भीर घाइते भएको सुदुृरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक सुरज केसीले नागरिक न्यूजलाई बताएका छन्। कयौंको घरको जस्ता पाता उडाएको छ भने धेरैका पर्खाल भत्केका छन्।

यसैगरी बिभिन्न ठाउँ ठाउँमा विजुलीका पोल र रुखहरु ढलेर सडक र विद्युत अबुरुद्ध भएको उनले बताए। हावाहुरीसँगै आएको पानी अधिकाशंको घरमा पसेको स्थानीयले बताएका छन्। कैलाली र कञ्चनपुरमा पछिल्लो धेरैबर्ष यताकै सवैभन्दा ठुृलो हावाहुरी आएको स्थानीयले बताएका छन्। यसैगरी धनगढीका तेजबहादुर खड्काले अहिलेसम्म यती ठुलो हावाहुरी नदेखको बताएका छन्। उनी भन्छन,–‘मैले आफ्नो घर पनि जोगाउँन सकिन।’ हावाहुरीका कारण गम्भीर घाइते भएका ७ जना सेती अञ्चल अस्पताल, २ जना धनगढीको निसर्ग र ८ जना महाकाली अञ्चल अस्पतालमा भर्ना भएको डिआईजी केसीले बताए।

यसैगरी नेपाल प्रहरीको संघीय ईकाई कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत हावाहुरीले क्षती पुगेको उनले बताए। कच्ची घरका पर्खाल, जस्तापाताका छत उडाएको प्रहरीले जनाएको छ। कति क्षती भएको भनेर पुर्ण विवरण आउन बाँकी रहेको उनले बताए।

प्रकाशित: २३ जेष्ठ २०७६ १६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App