१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अष्ट्रेलिया टस हारेर ब्याटिङ गर्दै

काठमाडौं– एकदिवसीय विश्वकपको आजको खेलमा वेस्ट इण्डिजले टस जितेर अष्ट्रेलियालाई ब्याटिङ्को निम्ता दिएको छ। नोटिघांममा जारी आजको खेलमा विश्वकपमा बलिया मानिएका टिमहरु वेस्ट इण्डिज र अष्ट्रेलिया प्रतिस्पर्धा गर्दै छन्।

 जारी विश्वकपमा दुबै टोलीले आफ्नो पहिलो खेलमा जित निकालिसकेका छन्। वेस्ट इण्डिजले यस अघिको खेलमा पाकिस्तान माथि ७ विकेटको सहज जित निकालेको थियो त्यस्तै अष्ट्रेलियाले पनि अफगानिस्तानमाथि ७ विकेटकै जित निकालेको थियो।

दुवै टोली जितलाई निरन्तरता दिने लक्ष्यका साथ मैदानमा उत्रने छन्। यी टोलीको पछिल्ला ५ खेललाई हेर्दा अस्ट्रेलियाले ४ जित र वेस्ट इण्डिजले १ जित निकालेको छ।

वेस्ट इन्डिजको टिममा जेसन होल्डर (कप्तान), क्रिस गेल, साई होप, ई लेविस, एन पूरान, एस हेट्मायर, आन्द्रे रसेल, सीआर ब्राथवाइट, एआर नर्स, एस कटरेल र ओ थोमस रहेका छन्। यस्तै, आरोन फिन्चको कप्तानीमा रहेका अस्ट्रेलियाली टोलीमा डेभिड वार्नर, उस्मान ख्वाजा, स्टिभ स्मिथ, ग्लेन म्याक्स्वेल, एम स्टोनिस, ए क्यारी, एन कोल्टर–नाइल, प्याट क्युमिन्स, मिचेल स्टार्क र ए जाम्पा रहेका छन्।

प्रकाशित: २३ जेष्ठ २०७६ ०९:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App