१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

तिहारको मौलिकता जोगाउन म्यूजिक भिडियो

इटहरी–
‘ओखरै फोरे, आँगनै छेकी दिर्घायू हुन् भनी
बहिनीले माला लगाई दिँदा रसाए म पनि
तिहार राम्रो साँस्कृतिक पर्व हो भन्ने सुनेको
उपहार दिन ल्याएको माला आफैले बुनेको ।’

यो गीत गायिका अञ्जु गौतमले बिहीबार इटहरीमा सार्वजनिक गरेको यम पञ्चक म्यूजिक भिडियोमा पुरानो पुस्ताले तिहार पर्वको सद्भावना र शुभकामना आदानप्रदान गर्न दिएको आशिषको एक अंश हो।

अचेलको पुस्ता देउसी र भैलो खेलको अर्थै नबुझी पैसा कमाउने हेतुले झारा टार्ने ढंगले खेल्ने गरेकोमा पर्वको मौलिकतालाई बचाउँन सन्देश दिन गौतमले यम पञ्चक म्यूजिक भिडियो सार्वजनिक गरेकी हुन् । उनको म्यूजिक भिडियो प्राध्यापक डाक्टर टंक न्यौपाने र  प्रज्ञा राम धामीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

गायित्री लम्सालको रचेको गीतमा गौतमको स्वमा म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । अहिलेको पुस्तामा देउसी–भैलोमा विकृति सिर्जना भएको बेला गौतमले सार्वजकि गरेको म्यूजिक भिडियोले परम्परादेखि मानिंदै आएको पर्वको मौलिकतालाई जगेर्ना गर्न र भावी पुस्तालाई त्यसबारे जानकारी दिन उपयोगी हुने प्राध्यापक डाक्टर न्यौपानेले बताए ।

कार्यक्रममा गीतका रचनाकार लम्सालले हरेक चाडपर्वका आ–आफ्नै मूल्य र मान्यता हुने भएकोमा तिहार पर्व संस्कृति पस्कने एक विशेष चाड भएकाले गर्दा भावी पुस्तालाई यथार्थ जानकारी दिन म्यूजिक भिडियोले सहयोग गर्ने बताए ।
कार्यक्रममा गौतमले  हाम्रो पुर्खाले खेल्दै आएको देउसी भैलो अहिलेको पुस्ताका लागि जोक बन्दै गएकाले गर्दा त्यसको जगेर्ना गर्नुपर्ने आवश्यकता अनुसार म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । म्यूजिक भिडियोको संगीत बलराम समालले गरेका छन् ।
गायिक गौतमले अघिल्लो वर्ष तिहारको मौलिकता झल्कने लक्ष्मी पूजा गिती एल्बम सार्वजनिक गरेकी थिइन् । तिहार पर्वको मौलिकता झल्कनेसहित उनले अरु पनि एल्बम सार्वजनिक गरेकी छन् ।

गायिकका अन्जु गौतमको म्यूजिक भिडियो सार्वजनिक गरिदैं ।
                        
 

प्रकाशित: ११ कार्तिक २०७३ १२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App