१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

कांग्रेसले अमेरिकामा पनि जागरण अभियान लैजाने

अमेरिका- नेपाली जनसम्पर्क समिति अमेरिकाले मातृ पार्टी नेपाली कांग्रेसको राष्ट्रिय जागरण कार्यक्रम अमेरिकाका विभिन्न मुख्य राज्यहरुमा आयोजना गर्ने भएको छ। जुन १५ तारिख शनिवार अमेरिकाको उत्तरपूर्वी क्षेत्र अन्तर्गत न्यूयोर्कमा, मध्य र दक्षिण क्षेत्रको लागि टेक्सास र सुदूर पश्चिम क्षेत्रका लागि सन् फ्रान्सिस्कोमा कार्यक्रम गर्ने निर्णय भएर तयारी गरिरहेको जनसम्पर्क समितिका अध्यक्ष तथा काँग्रेस केन्द्रिय आमन्त्रित सदस्य आनन्द विष्टले बताए।

सभापति एवं कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले दिएको जानकारी अनुसार तीनै क्षेत्रको भेलाका लागि प्रमूख अतिथि र केन्द्रीय प्रतिनिधि समेत चयन गरेको छ। समितिले न्यूयोर्कमा हुने कार्यक्रमको तयारी र समन्वय गर्न महासचिव मुनिन्द्र नेम्वाङ्ग, टेक्सासको तयारी र समन्वय गर्न उपाध्यक्ष सीपी पौडेल र सन् फ्रान्सिस्कोको तयारी र समन्वय गर्न अर्का उपाध्यक्ष धर्मराज श्रेष्ठलाई केन्द्रीय प्रतिनिधि समेत तोकेको छ। यसैगरी जागरण अभियानका लागि न्यूयोर्कमा कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङ, टेक्सासमा अर्का केन्द्रीय सदस्य रमेश रिजाल र सन् फ्रान्सिस्कोमा समितिका सभापति एवं कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको प्रमूख आतिथ्यमा जागरण कार्यक्रम गर्ने निर्णय समेत गरेको छ।

कार्यक्रम नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले तय गरेको निर्देशिका अनुसार नै गरिने समितिद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २३ जेष्ठ २०७६ ०५:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App