१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वातावरण दिवसमा वृक्षरोपण

भक्तपुर – ४६ औं विश्व वातावरण दिवसको अवसमा बुधबार भक्तपुरका विभिन्न स्थानमा वृक्षरोपण गरिएको छ । खानेपानी मन्त्री बिना मगरले सूर्यविनायक नगरपालिकास्थित गणेश मन्दिरमा वृक्षरोपण गर्नुका साथै हरित पार्कको शिलान्यास पनि गरिन् । ‘स्वच्छ वायु, स्वस्थ्य जीवन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा जनप्रतिनिधि, स्थानीय नगरपालिका, विभिन्न सामाजिक संघसंस्थाको उपस्थिति थियो ।

कार्यक्रममा मन्त्री मगरले वातावरण संरक्षण र फोहोर न्यूनीकरणमा घर टोल, छिमेक र सिंगो समाजको महत्वपूर्ण भूमिका हुने भएकाले सबै जागरुक हुनुपर्ने बताइन् । कार्यक्रममा हनुमन्ते खोलालगायत भक्तपुर क्षेत्रको सरसफाइ अभियानमा निरन्तर योगदान पु¥याउने प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठलाई सम्मान गरियो । कार्यक्रममा पतञ्जली योग समिति नेपालका प्रतिनिधि दुर्गा पन्तले योगको प्रस्तुति गरेका थिए । विश्व वातावरण दिवसकै उपलक्ष्यमा सूर्यविनायक चोकदेखि गणेशमन्दिरसम्म सरसफाइ ¥यालीसमेत निकालियो । ¥यालीमा खानेपानी मन्त्री मगर, प्रतिनिधि सभा सदस्य एवं पूर्वउद्योग मन्त्री महेश बस्नेत, प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापालगायत सहभागी थिए ।
त्यस्तै, दिवसकै अवसरमा आफ्नो वातावरण आफैंले स्वच्छ राख्नुपर्छ भन्ने मान्यताका साथ इन्टरनेसनल ग्रीन डेभलपर्स नेपाल प्राली (गोर्खा इको प्यानल) ले आफ्ना कारखाना तथा कार्यालयहरुमा वृक्षरोपण गरेका छन् । मध्यपुर थिमि राधेराधेस्थित कर्पाेरेट अफिस, भक्तपुुरको हनुमानचास्थित कारखाना अनि भक्तपुरकै चाँगुरोडस्थित गोर्खा प्रिकास्ट एण्ड विण्डोर प्रालमीा वृक्षरोपण गरिएको हो । जिल्ला कृषि विकास कार्यालयबाट उपलब्ध करिब एक सय वोटविरुवा रोपिएका छन् ।

प्रकाशित: २३ जेष्ठ २०७६ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App