१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

युवामा भावना र अठोट नभएसम्म देश बन्दैनः ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुमा देश बनाउने भावना र अठोट नभएसम्म देश नबन्ने बताएका छन्। काठमाडौं महानगरपालिकाले बुधबार राजधानीमा गरेको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो देश आफैले बनाउनुपर्नेमा जोड दिएका हुन्। २०७२ साल फागुन ४ गते भत्किएको धरहराको फेदमा गएर मै बनाउँछु मेरो धरहरा भनेको स्मरण गर्दे उनले मेरो देश मै बनाउँछु भन्ने अठोट नलिएका कारण अहिले सम्म देश नबनेको बताए।

प्रधानमन्त्री ओलीले काठमाडौं बासीले काठमाडौं म बनाउँछु भन्ने बुझेर व्यवहारमा कार्यान्वयन गरेमा काठमाण्डौ बन्ने विश्वास व्यक्त गरे। महानगरले आयोजना गरेको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धामा सहभागी भएका युवाहरुलाई बधाई तथा शुभकामना दिदै प्रधानमन्त्री ओलीले हिम्मत र अठोट भए काम र अवसरका लागि विदेश जानु नपर्ने बताए। अन्य देशको तुलनामा नेपालमा प्रसंस्त संभावना रहेकाले हिम्मत, इच्छाशक्ति र नविन सोचका साथ देश बनाउने अभियानमा लाग्न उनले सुझाव दिए।

महानगरले स्वदेशमै बसी उद्धमशीलता प्रबद्र्धन गर्न सक्ने सामुहिक प्लेटफर्म विकास गर्ने उद्देश्यसाथ हाम्रो काठमाडौं हामी बनाउँछौ नारा दिईएको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा आयोजना गरेको हो। यसका सहभागी ७० वटा मध्ये २५ वटा समुहले विभिन्न ५ चरण पार गर्न सफल भएका थिए। यस प्रतिस्पर्धामा एनिटाईम ट्वाईलेट परियोजना सर्वोत्कृष्ट भएको छ। यसले आफ्नो क्याटगोरीमा पनि विजयी भएको छ। सर्वोत्कृष्टमा ५ लाख र आफ्नो क्याटगोरीमा २ लाख गरी ७ लाख रुपैया पाएको छ।

यस प्रतिस्पर्धामा समुदाय तथा वातावरण, सहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरपालिकाको सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरि मुख्य ४ विषयहरु समेटिएको थियो भने हरेक विषयहरुका विभिन्न २८ क्षेत्रहरुमा प्रतिस्पर्धीले आफ्ना नविन सोचहरु प्रस्तुत गर्न सक्ने व्यवस्था मिलाईएको थियो।

प्रकाशित: २२ जेष्ठ २०७६ १४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App