१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भारत विरूद्ध ब्याटिङ गर्दै दक्षिण अफ्रिका

काठमाडाैं– जारी एकदिवसीय विश्वकपमा आज भारत र दक्षिण अफ्रिका प्रतिस्पर्धा गरिरहेका छन्।

साउथ ह्याम्सटनमा जारी खेलमा अफ्रिकाले टस जितेर ब्याटिङ रोजेको छ। जारी विश्वकपमा भारतको यो पहिलो खेल हो भने साउथ अफ्रिकाको तेस्रो खेल हो। आजको खेलमा जित निकाल्दै भारत विश्वकपमा सुखद सुरुवात गर्न चाहन्छ। अर्कोतर्फ अघिल्ला २ खेल गुमाएको अफ्रिका आफ्नो पहिलो जित निकाल्ने लक्ष्यका साथ उत्रने छ।  

 ब्याटिङका लागि अनुकूल ठानिएको यस मैदानमा दक्षिण अफ्रिकालाई जितका लागि औसत ३५० रन बनाउनुपर्ने चुनौती हुनेछ। दक्षिण अफ्रिकालाई इङ्ल्यान्डले पहिलो उद्घाटन खेलमा १०४ रन तथा बंगलादेशले २१ रनले पराजित गरेको थियो। दुई खेलमा पराजित भइसकेको अफ्रिकाका लागि आजको खेल “गर या मर”को स्थिति रहेको छ। विराट काेहली भारतीय टिममा रबिन शर्मा, शिखर धवन, विराट कोहली, केएल राहुल, केदार जाधव, एमएस धोनी, हार्दिक पान्ड्या, विनय कुमार, कुलदीप यादव, वाईएस चहल र जेजे बुमराह रहेका छन्। फाफ डु प्लेसिसको कप्तानीमा रहेको दक्षिण अफ्रिकी टिममा हासिम आम्ला, क्वीन्टन डि कक, भान डर डुसेन, डेभिड मिलर, जेपी डुमिनी, एएल फेलुक्वायो, क्रिस मोरिस, कागिसो राबाडा, इमरान ताहिर र टी शाम्सी रहेका छन्।

प्रकाशित: २२ जेष्ठ २०७६ ०९:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App