१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विश्व वातावरण दिवसमा कतै वृक्षारोपण कतै सरसफाई (फोटो फिचर)

काठमाडौं- विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि वातावरण दिवस मनाउन थालिएको हो। ‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने नाराका साथ यो वर्षको दिवस मनाइएको हो। यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरवारमा एभोकार्डोको विरुवा रोपे। एक नेपाली एक विरुवा अभियान अन्तर्गत गृहमन्त्री रामबहादुर थापा, खानेपानी मन्त्री विना मगर, उद्योगमन्त्री मात्रृका यादवलगायतले पनि फलफूलका बिरुवा रोपेका थिए। सरकारले आगामी वर्षलाई वृक्षारोपण वर्षको रुपमा मनाउने घोषणा गरेको छ।

स्वयम्भूनाथ क्षेत्रमा भिक्षुहरुले सरसफाई गरेका छन्। वातावरण दिवसको अवसर पारेर उनीहरुले त्यस आसपासमा सफाई गरेका हुन्।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९७२ को जुन ५ देखि जुन १६ सम्म विश्व वातावरण सम्मेलन आयोजना गरेको थियो। त्यसको एक वर्षपछि पहिलो पटक वातावरण दिवस मनाइएको थियो।

तस्बिर : केशव थोकर/ दिपेश श्रेष्ठ

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App