१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

इटहरी उपमहानगरका मेयर चौधरीलाई आत्मालोचना गर्न नेकपा नेताहरुको आग्रह

काठमाडौँ –  पत्रकारमाथि दुव्र्यवहार गर्ने इटहरी उपमहानगर पालिकाका मेयर देवारिकालाल चौधरीलाई क्षमायाचना गर्न नेकपा नेताहरुले सुझाव दिएका छन्। पत्रकारको नाक भाच्न एक करोड रुपैयाँ छुट्याएको अभिव्यक्ति दिएर  विवादमा आएका चौधरीलाई नेकपाका स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल र योगेश भट्टराईले क्षमायाचना गर्न आग्रह गरेका हुन्।

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुुकमा स्ट्याटस लेख्दै पाँच नम्बर प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेल र नेता भट्टराईले पदीय गरिमाविपरीत बोलेको भन्दै सच्याउन आग्रह गरेका हुन्।

मुख्यमन्त्री पोखरेले फेसबुकमा लेखेका छन्, जनप्रतिनिधि र पार्टी कार्यकर्ता दुवै हिसावले आफ्ना अभिव्यक्तिलाई सच्याउदै आत्म आलोचना गर्नु उचित हुनेछ।’

त्यस्तै, योगेश भट्टराईले चौधारीको हकी स्वभाव, प्रस्टवक्ता र इमान्दारिताको प्रशंसक भए पनि सार्वजनिक भएका अभिव्यक्ति स्वयं उनले धारण गरेको सार्वजनिक पद, प्रतिनिधित्व गरेको पार्टी र उनको राजनीतिक उचाइका कारण सुहाउँदैन।

प्रकाशित: २२ जेष्ठ २०७६ ०४:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App