मधेसमा मरुभूमीकरण र डुबानको सदाबहार पिरलो

बुधबार, २२ जेठ २०७६, ०७ : ५८ मिथिलेश यादव

लहान - चुरे पहाडबाट बगेर आउने भललाई दुईदशक अघिसम्म मधेसमा उब्जनी बढाउने पानी मानिन्थ्यो। चुरेबाट बगेर आउने पाँगो माटोले तराईलाई उर्वर बनाउँथ्यो। अहिले भलपानीले पाँगो माटो होइन बालुवा र गेग्रान बोक्छ, जसले तराई–मधेसमा हराभरा बनाउन होइन, उजाड बनाउन ‘मद्दत’ गरिरहेको छ। मरुभूमीकरण र डुबानको समस्या दिनदिनै थपिरहेको छ।

पानीको प्राकृतिक बहावमा हुने अवरोधलाई बाढी–पहिरोको मूल कारक मानिन्छ। सप्तरीको तिलाठीमा आएको बाढी यसको उदाहर। गत वर्ष मनसुनको पहिलो वर्षाले तिलाठीसहित सप्तरीको अधिकतर गाउँबस्ती डुबायो। डुबानबाट गाउँबस्ती जोगाउन बनाइएको तटबन्ध सामान्य बाढीको धक्काले भत्काएपछि खोालको पानी गाउँबस्ती पसेर उत्पात मच्चाएको थियो।

बाढीको धक्काले सप्तरीको सुन्दरी खोलाको तटबन्ध ठाउँठाउँमा भत्काएपछि बाढी गाउँ पस्यो। महुली खोलाको बाढीले महुली, मैनाकडेरी, लोहजारा, त्रिकौलमा तटबन्ध भत्किायो जसका कारण बाढी गाउँ पसेर आधादर्जनभन्दा बढी बस्ती डुबानमा प¥यो। बाढीले खेतमा बालुवा बिसाउँदै अघि बढ्दा लहलाउँदो अन्नबाली सखाप भयो। खडक खोलाको तटबन्ध पनि ठाउँ ठाउँमा भत्काएर बाढी बस्तीमा पसेर उत्पात मच्चियो।

खाँडो खोलाको तटबन्ध पनि ठाउँठाउँमा भत्काएर बाढीले तिलाठीलगायत दर्जनभन्दा बढी बस्ती डुबाएको थियो। यसरी बर्खायाममा बाढीले बर्सेनि तटबन्ध भत्काएर गाउँबस्ती डुबाउने अनि बर्खा सकिएपछि तटबन्ध बनाउने क्रम मधेसमा एक दशकदेखि चल्दै आएको छ। पोर्ताहास्थित महुली खोलाको तटबन्ध पनि प्रत्येक वर्ष निर्माण हुने र भत्किने क्रम दोहोरिरहन्छ।

बर्खालागेपछि खोला किनारबाट ट्रयाक्टरको मद्दतले बालुवा सोहोर्दै नजिकै थुपारेर तटबन्ध बनाउने गरिन्छ। त्यसरी बनाइएको तटबन्ध बाढीले भत्काएर फेरि त्यही खोलामा पु¥याउँछ। त्यही बालुवा पानीको बहावसँगै बगेर गाउँबस्ती र खेतहरूमा पुग्छ।

यस भेगका खोलामा बालुवाको तटबन्ध बनाउन जल उत्पन्न नियन्त्रण कार्यालयले करोडौं रकम खर्चिसकेको छ। बर्सेनि करिब ३० करोड रुपैयाँ यस भेगका खोलामा बालुवाको तटबन्ध बनाउन सिध्याइन्छ। तर कुनै वर्ष यस्तो छैन जुन वर्ष यस भेगका जनताले बाढी र डुबानको मार खप्नु नपरेको होस्।

खाँडो खोला नियन्त्रण आयोजनामार्फत पनि बालुवाको तटबन्ध बनाउन बर्सेनि १६ करोड रकम खर्च हुन्छ। यति ठूलो रकम खर्च गरे पनि खोला नियन्त्रणको काम भने प्रभावकारी भएको देखिँदैन खोलाको बाढी गाउँबस्तीमा पस्नबाट छेक्न बनाएको तटबन्धले खोलाको सामान्य सामान्य बहावलाई समेत किन थोग्न सक्दैन ? राष्ट्रपति चुरे तराई मधेस कार्यक्रमका पूर्वसदस्य डा. नागेन्द्रप्रसाद यादव भन्छन्, ‘हरेक वर्ष तटबन्ध बनाउन खोलाको किनार गहिरो बनाएर बालुवा झिकिन्छ। खोलामा पानीको बहाव बढ्दा त्यही गहिरो स्थानमा धक्का दिन्छ र तटबन्ध भत्किन्छ।’ यसरी हरेक वर्ष बालुवाको तटबन्धमा खेर जाने लगानी गर्नुभन्दा खोला–प्रणालीलाई दुरुस्त बनाउनुपर्नेमा उनको जोड छ। चुरे मूल भएको खोलाको प्रणाली दुरुस्त बनाउन मूलमै उपचार गर्नुपर्ने, तराई–मधेस बचाउन चुरेमा संरक्षणमुखी कार्याक्रम इमानदारीपूर्वक सञ्चालन गर्नुपर्ने डा. यादवको सुझाव छ।

समस्या एकातिर समाधान अर्कैतिर
पूर्व–पश्चिम राजमार्गको महुली खोलाको पुल हेर्दाहेर्दै होचो र खोला अग्लो भयो। पुल बन्दा यो खोला यति चौडा थिएन। साँघुरो खहरेजस्तो थियो। खेत र बस्ती खोलाभन्दा धेरै माथि थिए। स्थानीय गयाधर सदाले भने, ‘पुल र बस्तीको उचाइ लगभग बराबरजस्तै थियो। अहिले खोलाको सतहमा थपिँदो बालुवाका कारण खोला, पुल र बस्तीको उचाइ बराबर भएको छ।’

महुली पुलको पश्चिम घर भएका शिवलाल सदाय पनि १५ वर्षअघिसम्म खोलाको सतह यति अग्लो नभएको बताउँछन्। उनी भन्छन्, ‘अहिले बस्ती र खोला बराबर भइसक्यो।’ खोलामा बालुवा थुप्रिँदै जानुको कारणबारे जिज्ञासा राख्दा सदायले भने, ‘चुरियामाई (चुरे)मा लकडीपाती (रूख) र पाखन (ढुंगा) बेहिसाब निकाल्ने गरिएको परिणाम हो यो।’ चुरेबाट रुखबिरुवा, ढुंगा, ग्राभेल, बेहिसाब निकाल्दा सतह खुकुलो भएर वर्षाको पानीसँगै बालुवा मधेसका खोलामा थुप्रिएर खोलाको सतह उठ्दै गएको उनको भनाइ छ।

खाँडो खोलाको कथा पनि उस्तै छ। खाँडो खोला दुई दशकअघिसम्म बस्तीभन्दा निकै गहिरो थियो। तिलाठी कोइलाडी गाउँपालिका–५, वनरझुलाका ६५ वर्षीय धर्मनारायण रायका अनुसार अहिले खोलाको सतह बस्तीभन्दा माथि उठेको छ। उनी भन्छन्, ‘खोलाको उचाइ यसैगरी बढ्दै जाने हो भने वरपरका बस्तीलाई बाढीले निल्न अब धेरै दिन छैन।

मधेसको डुबान, मरुभूमीकरणजस्ता समस्या समाधानका लागि भने खोलामा होइन मूल (चुरे)मै उपचार खोज्नुपर्ने विज्ञहरू बताउँछन्। ‘चुरेमा बसोबास, रुखबिरुवा फँडानी, उत्खननलगायत काम जसलाई हामी दोहन भन्छौं,’ डा. यादवले भने, ‘त्यो नरोकेसम्म तल (खोलामा) जति तटबन्ध बाँधे पनि टिकाउ हुँदैन।’ अनियन्त्रित दोहनले उजाड बन्दै गएको चुरेलाई हरियाली नबनाएसम्म तटबन्ध बाँधेर दीर्घकालीन रूपमा खोला नियन्त्रण सम्भव नहुने उनी बताउँछन्।
पूर्वको इलामदेखि पश्चिम कञ्चनपुरसम्मका ३६ जिल्लामा फैलिएको चुरे एक सय ६४ वटा खोलाको मुहान हो।

अन्य खोलाको तुलनामा चुरेबाट बग्ने खोला बढी विनाशकारी हुन्छन्। चुरेले नेपालको कुल क्षेत्रफलको १२ दशमलव ७८ प्रतिशत भूभाग ओगटेको छ। हिमालय उत्पत्तिको क्रममा करिब चार करोड वर्ष पहिला गेग्रान, फुस्रो माटो, पत्रे चट्टान आदिबाट बनेको कान्छो पहाड हो, चुरे। चुरे जति कमजोर छ, त्यहाँबाट निस्केका खोलाहरू त्यति नै चञ्चल छन्। यसमा निरन्तर भइरहेको दोहनका कारण खोलाहरूले धार परिवर्तन गर्दा बाढी–पहिरोको जोखिम झन् बढाएको छ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका पूर्वसदस्य डा. यादवका अनुसार चुरे विनास र यस भेगका खोलामा हुने अनियन्त्रित दोहनले तराई–मधेसका अधिकांश क्षेत्र सामान्य झरीमा पनि डुबानमा पर्ने गरेका हुन्। डाँडै नांगो हुनेगरी चुरे मास्न थालेपछि मधेसमा मरुमूमीकरण र बाढीको क्षति सदाबहार बनेको हो।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad