१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लोकसेवाको कर्मचारी भर्ना रोक्न समाजवादी पार्टीको माग

काठमाडौं– समाजवादी पार्टी नेपालले कर्मचारी भर्ना विज्ञापन फिर्ता लिन लोकसेवा आयोगलाई आग्रह गरेको छ। आयोगले प्रकाशित गरेको ९ हजारभन्दा बढी कर्मचारी भर्ना विज्ञापन संघीयताको भावना र मर्मविपरित रहेको समाजवादी पार्टीको ठहर छ।

उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका कर्मचारीको प्रदेश लोकसेवा आयोगबाट गरिने स्पष्ट व्यवस्था हुँदाहुँदै संघीय लोकसेवा आयोगले समानुपातिक र समावेशितासमेतको संवैधानिक र कानुनी दायरा भन्दा बाहिर गएर स्थानीय तहका कर्मचारी भर्ना गर्न खोज्नु आपत्तिजनक छ।’

समाजवादी पार्टीले संविधान विपरित गैरकानुनी कार्यहरु रोक्न र कुनै पनि निकाय वा अंगहरुबाट त्यसप्रकारको कानुन विपरितका काम कारवाही हुन नदिने तर्फका कदम चाल्नका लागि सरकारको ध्यानाकर्षणसमेत गराएको छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App