१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

स्विजरल्याण्ड पर्यावरण अनुकुलमा पहिलो, नेपाल भारतभन्दा अघि

काठमाडौं - पर्यावरण अनुकुल देशको सूचीमा स्विजरल्यान्ड विश्वकै पहिलो नम्बरमा परेको छ। पर्यावरण प्रदर्शन सूचकांक(एपीआइ)को सन २०१८ को रिपोर्टअनुसार स्विजरल्यान्ड पहिलो नम्बरमा परेको हो।

पर्यावरण सुरक्षित राख्न गरिएका विभिन्न प्रयासको मुल्यांकन गर्दै एपीआइले यस्तो सूची सार्वजनिक गर्ने गरेको छ। एपीआइको सूचीअनुसार दोस्रोमा फ्रान्स, तेस्रो, चौथो र पाँचौमा क्रमसः डेनमार्क, माल्टा र स्वीडेन रहेका छन्। त्यस्तै यूनाइडेट किंडम, लक्समबर्ग, आष्ट्रिया र आएरल्याण्ड पनि शीर्ष ९ मा अटाएका छन्।

पर्यावरण अनुकुल देशको सूचीमा नेपाल भने १ सय ७६ औं स्थानमा छ। छिमेकी देश भारत नेपालभन्दा एक स्थान पछाडि १ सय ७७ औं स्थानमा छ। त्यस्तै चीन १ सय २० औं स्थानमा छ भने, पाकिस्तान र बङलादेश क्रमसः १ सय ६९ र १ सय ७९ स्थानमा छन्। आफगानिस्तान १ सय ६८,भुटान १ सय ३१,श्रीलंका १ सय ३१ स्थानमा छन्। त्यस्तै शक्तिशाली मानिएका संयुक्त राज्य अमेरिका २७, उत्तर कोरिया ६०, ब्राजिल ६९ औं स्थानमा छन्।

 

प्रकाशित: २१ जेष्ठ २०७६ ०५:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App