विद्यार्थी कुट्ने शिक्षिका पक्राउ

मङ्गलबार, २१ जेठ २०७६, ०८ : ३९ दिनेश सुवेदी

रोल्पा - विद्यार्थीको हात भाँचिने गरी कुटपिट गर्ने शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले पक्राउ गरेको छ। भानु आधारभूत विद्यालय रुन्टिगढी गाउँपालिका–८ झेनामकी शिक्षिका पुनको कुटाइबाट घाइते १४ जनामध्ये पाँचजनाको हात भाँचिएको थियो। घटना जेठ १२ गते भए पनि प्रहरीले आइतबार मात्र जानकारी पाएको थियो।

‘यस विषयमा हामीलाई उजुरी परेपछि मात्र थाहा भयो,’ रोल्पा डिएसपी दीपक खड्काले बताए। उनका अनुसार इलाका प्रहरी कार्यालय होलेरीले पुनलाई पक्राउ गरी कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको छ। विभिन्न कक्षामा अध्ययन गर्ने उनीहरूमध्ये पाँचजनाको दाङमा उपचार गरिएको थियो। छात्रा भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हात भाँचिएका कारण प्लास्टर गरिएको छ।

विद्यार्थीका अनुसार शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै भाँचिएको बेन्चको खुट्टाले अन्धाधुन्ध हिर्काएकी थिइन्। विद्यालय ढिला आएको निहुँमा विद्यार्थीले कुटाइ खाएका थिए। निमित्त प्रअको जिम्मेवारी पाएकी शिक्षिकाले विद्यार्थीलाई जथाभावी पिट्न थालेपछि अरू शिक्षक विद्यालयभित्र छिरेका थिए। शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै अन्धाधुन्ध लौराले कुटेको घाइते बालिका भीमकुमारी बाँठाले बताइन्। ‘साथीहरू लाइन लाग्दै थिए। हामी पनि स्कुल आइपुग्यौं। मिसले किन ढिलो आयौ भनेर एकाएक लौराले हान्न थाल्नुभयो। अरू सरमेमहरू हेर्न नसकेर अफिसतिर दौडनुभयो।’

घाइते हुने अन्य विद्यार्थीमा कक्षा १ का प्रेम पुनसहित सन्तोष बुढामगर, दीपा बाँठा, वीरबहादुर घर्ती, अरुणा पुन, सुशीला विक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली घर्ती रहेका छन्। कुटाइबाट कक्षा ३ मा पढ्ने नरबहादुरको कानको जाली फुटेर सुन्न छाडेको विद्यार्थीले बताएका छन्।

स्थानीय स्तरमै वडाले घटना मिलाउन पहल गरेकाले घटनाबारे ढिलो उजुरी परेको हो। ‘शिक्षिकाले उपचार खर्च दिने र उनलाई विद्यालयबाट निष्कासन गर्ने व्यवस्थापन समितिसहित निर्णय गरेका छौं,’ वडा अध्यक्ष तथा सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर घर्तीले भने, ‘छलफल हुँदै छ। अब के गर्ने भन्ने थप निर्णय भएको छैन।’ घाइते विद्यार्थीको अवस्थामा सुधार नआएपछि अभिभावकले उनीहरूलाई उपचारका लागि तुलसिपुर, दाङ पु¥याएका थिए।

गाउँपालिकाले घटना सल्टाउन न्यायिक समितिमा छलफल गराउन खोजे पनि पीडित प्रहरीमा पुगेका हुन्। ‘घटना नराम्रो घट्यो। न्यायिक समितिमा छलफल गराउन खोजेको उहाँहरू प्रहरीकोमा जानुभएछ। अब कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढ्छ,’ रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले भने, ‘हामीले गाउँपालिकाको तर्फबाट पनि अनुसन्धान गर्दै छौं।’ घटनालाई राष्ट्रिय मानव अधिकार आयोगले पनि गम्भीरताका साथ हेरेको आयोगको नेपालगन्जस्थित कार्यालयले जनाएको छ।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad