१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भ्रष्टाचारीलाई मृत्युदण्डको कानुनी व्यवस्था हुनुपर्छ: नेमकिपा

भक्तपुर - नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छेंले सरकारले ल्याएको हालैको बजेट कनिका छरेजस्तै मात्रै भएको बताएका छन्। पार्टीको विदेश सम्बन्ध विभागको आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे जानकारी दिन सोमबार भक्तपुरमा भएको पत्रकार सम्मेलनमा विजुक्छेंले सरकारले ल्याएको बजेट अर्थ न वर्थको भएको बताए। उनले राजनीतिक दलहरूमा सोच नभएका कारण यस्तो भएको बताए। वृद्धवृद्धा भत्ता बढाउनुको सट्टा उनीहरूको उचित जीवनयापनका लागि अन्य व्यवस्था हुनुपर्ने उनले बताए।

सम्मेलनमा अध्यक्ष विजुक्छेंले भ्रष्टाचारीलाई अपराध अनुसार मृत्युदण्डको सजायसमेत दिने कानुनी व्यवस्था गर्न पार्टीले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा संशोधन दर्ता गरेको जनाए। एमाले माओवादीको वर्तमान सरकार कम्युनिस्टको हो भन्न नमल्निे दाबी उनले गरे। ‘नामले होइन, कम्युनिस्ट व्यवहारले हुन्छ,’ उलने भने, ‘लुगा के लगायो त्यो महत्वपूर्ण होइन।’ कम्युनिस्ट सरकार भएको भए योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोवस्त गर्ने उनको भनाइ थियो।

फरक प्रसंगमा विजुक्छेंले प्रेस स्वतन्त्रता कुण्ठित गर्न नहुने पक्षमा आफ्नो पार्टी रहेको जनाए। सर्पले सर्पको खुट्टा देख्छ, तुल्सी रापेर सिस्नु उम्रँदैन भने जस्तै माओवादीबाट छुट्टिएर विप्लव समूह जन्मेको उनको भनाइ थियो। विदेशी परिस्थितिबारे जानकारी दिँदै अमेरिकी सामाज्यवादको खुला रूपमा विरोध हुनुपर्ने आवश्यकता उनले औंल्याए। अमेरिकी साम्राज्यवाद साँढे जस्तो जताततै हिँड्ने गरेको भन्दै उनले त्यसविरुद्ध सैद्धान्तिक संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याए।

पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले सरकारले हालै ल्याएको बजेट मजदुर किसान वर्गको पक्षमा नभएको बताए। महँंगी नियन्त्रण नगरी सरकारी कर्मचारीले तलब मात्रै वृद्धिले मजदुर किसान अझ बढी पीडित भएको उनको भनाइ थियो।

फरक प्रसंगमा उनले ललितपुरको खोकना जस्ता कृषियोग्य भूमि तथा सांस्कृतिक क्षेत्रलाई द्रूतमार्गको नाममा विस्थापित गर्नु उचित नभएको बताए। बरु द्रूतमार्गको विकल्प रोपवे भएको उनले बताए। कार्यक्रममा पार्टीका वैकल्पिक केन्द्रीय सदस्यहरू सुरेन्द्रराज गोसाई, सिर्जना सैंजूललगायतले विविध राष्ट्रिय परिस्थितिबारे पार्टीको धारणा राखेका थिए।

प्रकाशित: २१ जेष्ठ २०७६ ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App